2026-11-28 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता

2026-09-21

काठमाडौँ | रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गतेको विनाशकारी बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ४३९ जना अझै सम्पर्कविहीन रहेका छन्। भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले आयोजनास्थलमा व्यापक क्षति पुर्‍याएपछि जारी खोज तथा उद्धारका क्रममा यति ठूलो संख्यामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको हो।

आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले सोमबार जारी गरेको विज्ञप्तिमा बाढी आएको समयमा कार्यस्थलमा परामर्शदाता, मुख्य निर्माण व्यवसायी र सब-कन्ट्रयाक्टर अन्तर्गतका नेपाली, कोरियाली, चिनियाँ र भारतीयसहित करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत रहेको उल्लेख छ । तीमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आइसकेका छन्। बाँकी सम्पर्कविहीन रहेका ४३९ जनाको खोजी कार्य निरन्तर जारी छ। आयोजनाको बाँधस्थलदेखि मुख्य सुरुङतर्फ बाढीले ठूला सवारीसाधन तथा ट्रकहरूसमेत पल्टाएको अवस्थामा फेला परेका छन्। सुरुङ, भूमिगत विद्युत्‌गृह तथा अन्य संरचनाभित्र मानिसहरू पुरिएको हुनसक्ने सम्भावनालाई ध्यानमा राखी भग्नावशेष र लेदो हटाउने काम तीव्र पारिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली संयुक्त रूपमा परिचालन भएका छन्।

खोजी कार्यका लागि तालिमप्राप्त कुकुर तथा पर्वतारोही उद्धार टोली समेत खटाइएको छ। आयोजनास्थलसम्म पुग्ने सडक सञ्जाल बाढीले पूर्ण रूपमा बगाएपछि हेलिकप्टरमार्फत दुईवटा मिनी एस्काभेटर, जेनेरेटर तथा ग्यास-कटिङ उपकरण ढुवानी गरी भग्नावशेष पन्छाउने र रड काट्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ। यस्तै, मैलुङस्थित क्याम्प क्षेत्रमा थुप्रिएको लेदो हटाउने तथा जमेको पानी निकास गर्ने प्रयास जारी छ। बाढीबाट निकालिएका शवहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुरस्थित सेनाको क्याम्पमा पुर्‍याएर आफन्तजनलाई पहिचान तथा सनाखतका लागि सहजीकरण गरिँदैछ। कम्पनीले मृतकका परिवारलाई तत्काल काजक्रिया खर्च उपलब्ध गराउनुका साथै सम्पर्कविहीनका परिवारलाई मनोसामाजिक परामर्श र अद्यावधिक सूचना दिने व्यवस्था मिलाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ