2026-10-17 08:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी

2026-09-19

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताएकी छिन् । शनिबार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताएकी हुन् ।

नेपालको जनसंख्या करिब तीन करोड रहेको र दक्षिण तथा उत्तरतर्फका छिमेकी मुलुकको जनसंख्या निकै ठूलो रहेको उल्लेख गर्दै उनले नेपालको भौगोलिक अवस्थिति र यसको संवेदनशीलतालाई दीर्घकालीन नीतिका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।‘भौगोलिक रूपले मात्रै होइन कि राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं । ठूलाठूला विशाल जनसंख्य्या भएको धेरै विकास गरेका देशहरूको बिचमा छौं । हाम्रा आवश्यकताहरू, हाम्रा समस्याहरू उहाँहरूले अलिकति दुई जनाले दुईतिरबाट अलिकति हात उठाइदिनुभयो भने सबै समस्या समाधान हुने जस्तो । हामी करिब ३ करोड जनसंख्यामा हौँला । र हाम्रो दक्षिण छिमेकी झन्डै डेढ अर्ब पुग्न लाग्यो । डाटामा एकैचोटि त नजाऊँ तर पनि अहिले करिब त्यो ठाउँमा पुगिरहेका छन् भने उत्तरतिर पनि त्यस्तै नै हो,’ उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र महत्त्वका हिसावले नेपाल सम्पन्न भएपनि विपद् तथा अन्य समस्याको दीर्घकालीन समाधान गर्न नसक्दा पटक–पटक तत्कालीन समस्या झेल्नुपरेको बताइन् । ‘अब प्राकृतिक सुन्दरता र वास्तवमा यसको महत्वको हिसावले भने हामी सम्पन्न पनि छौं । तर त्यति हुँदाहुँदै पनि हामीलाई हुने हरेक समस्या हामीले दीर्घकालीन त्यसको समाधान गर्ने भन्दा पनि तत्काल तत्काल समस्याहरू आइपर्ने, विपद् आइपर्ने त्यो खालको हामीले झेलिरहेका छौँ र भौगोलिक हिसाबले र अह राजनीतिक हिसाबले दुवै हिसाबले चाहिँ हामी अति संवेदनशील क्षेत्रमा रहेका छौं, उनले भनिन् ।

नेपाल भौगोलिक तथा राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा रहेकाले विपद् व्यवस्थापनसहित दीर्घकालीन समस्या समाधानमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु