2026-09-19 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी

2026-09-19

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताएकी छिन् । शनिबार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताएकी हुन् ।

नेपालको जनसंख्या करिब तीन करोड रहेको र दक्षिण तथा उत्तरतर्फका छिमेकी मुलुकको जनसंख्या निकै ठूलो रहेको उल्लेख गर्दै उनले नेपालको भौगोलिक अवस्थिति र यसको संवेदनशीलतालाई दीर्घकालीन नीतिका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।‘भौगोलिक रूपले मात्रै होइन कि राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं । ठूलाठूला विशाल जनसंख्य्या भएको धेरै विकास गरेका देशहरूको बिचमा छौं । हाम्रा आवश्यकताहरू, हाम्रा समस्याहरू उहाँहरूले अलिकति दुई जनाले दुईतिरबाट अलिकति हात उठाइदिनुभयो भने सबै समस्या समाधान हुने जस्तो । हामी करिब ३ करोड जनसंख्यामा हौँला । र हाम्रो दक्षिण छिमेकी झन्डै डेढ अर्ब पुग्न लाग्यो । डाटामा एकैचोटि त नजाऊँ तर पनि अहिले करिब त्यो ठाउँमा पुगिरहेका छन् भने उत्तरतिर पनि त्यस्तै नै हो,’ उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र महत्त्वका हिसावले नेपाल सम्पन्न भएपनि विपद् तथा अन्य समस्याको दीर्घकालीन समाधान गर्न नसक्दा पटक–पटक तत्कालीन समस्या झेल्नुपरेको बताइन् । ‘अब प्राकृतिक सुन्दरता र वास्तवमा यसको महत्वको हिसावले भने हामी सम्पन्न पनि छौं । तर त्यति हुँदाहुँदै पनि हामीलाई हुने हरेक समस्या हामीले दीर्घकालीन त्यसको समाधान गर्ने भन्दा पनि तत्काल तत्काल समस्याहरू आइपर्ने, विपद् आइपर्ने त्यो खालको हामीले झेलिरहेका छौँ र भौगोलिक हिसाबले र अह राजनीतिक हिसाबले दुवै हिसाबले चाहिँ हामी अति संवेदनशील क्षेत्रमा रहेका छौं, उनले भनिन् ।

नेपाल भौगोलिक तथा राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा रहेकाले विपद् व्यवस्थापनसहित दीर्घकालीन समस्या समाधानमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो