2026-09-21 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ

2026-09-21

काठमाडौँ | काठमाडौँको बल्खुबाट नक्कली नोट देखाइ प्रलोभनमा पारी ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। आरोपीहरूले १० लाख रुपैयाँ सक्कली नेपाली नोट ल्याए ३० लाख रुपैयाँ नक्कली नेपाली नोट दिने भन्दै प्रलोभनमा पारेका थिए।

ठगी गर्ने मनसायले भेट्न बोलाएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई बल्खुस्थित फलफूल बजारबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं. २३ घर भई हाल काठमाडौँ तारकेश्वर-७ मनमैजु बस्ने ४५ वर्षका कृष्ण प्रसाद लामिछाने रहेका छन्। यसैगरी सर्लाही बागमती नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौँ-३२ जडिबुटी बस्ने ३२ वर्षका दिनेश बि.क.लाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु