काठमाडौँ | नेकपा (एमाले) को सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय गरेको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले आजबाट रामबाग महलमा सुरु हुने केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय गरेको हो ।
उपमहासचिव लेखराज भट्टका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै, केन्द्रीय सदस्य मनोनयन गर्ने ऐजेन्डा रहेको छ । पुनर्गठन कार्यदलको प्रतिवेदन आवश्यक परे केन्द्रीय कमिटीमा लैजाने भट्टले बताए ।