२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए

२२ पुष २०८१, सोमबार १५:००

काठमाडौँ | चीनमा फैलिएको कोरोना भाइरसजस्तै मानिने ह्यूमन मेटान्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिन थालेको छ।

पछिल्लो पटक गुजरातको अहमदाबादमा दुई महिने शिशुमा यो भाइरस पाइएको हो। यसअघि, कर्नाटकमा तीन महिनाको बालीका र आठ महिनाको बालकमा यो भाइरस पुष्टि भएको थियो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कर्नाटकका दुई बालबालीकाहरु नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका थिए। परीक्षणपछि उनीहरूमा एचएमपीभी पुष्टि भएको हो।

यध्यपि कर्नाटक स्वास्थ्य विभागले भने बच्चाहरूको नमुना निजी अस्पतालमा परीक्षण गरिएकाले सरकारी प्रयोगशालामा पुष्टि नभएको जानकारी दिएको छ।

अहमदाबादस्थित ओरेन्ज अस्पतालका डा. नीरव पटेलका अनुसार, ‘दुई महिने शिशुलाई १५ दिनअघि गम्भीर अवस्थाका कारण अस्पताल भर्ना गरिएको थियो। शिशुलाई चिसो र उच्च ज्वरो थियो। पाँच दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। त्यसपछि परीक्षण गर्दा एचएमपीभी पुष्टि भयो।’

कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले यो भाइरस पुष्टि भएपछि स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावसँग छलफल गरेका छन्। उनले सरकारले भाइरस नियन्त्रणका लागि सबै उपाय गर्ने बताए।

स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले भने, “यो कुनै गम्भीर भाइरस होइन। यो एक प्रकारको फ्लु भाइरस हो। डराउनु आवश्यक छैन। हामीले यसबारे भारत सरकारसँग छलफल गरिरहेका छाैं।”

एचएमपीभी संक्रमित व्यक्तिहरूमा चिसो, ज्वरो, खोकि, गलेमा खराश, र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ। यो भाइरसबाट साना बालबालिका, विशेष गरी दुई वर्षमुनिका, बढी प्रभावित हुने देखिएको छ।

भाइरसबारे भारतको केन्द्र सरकारले भनेको छ ‘चीनमा यो भाइरसको कारण आपतकालीन अवस्था जस्तै देखिए पनि भारतमा यो सामान्य फ्लु भाइरसकै रूपमा देखिएको छ। हामी सास सम्बन्धी रोगको उपचार र निगरानीका लागि पूर्ण तयार छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ