2026-07-26 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो लिङ्गीको अन्तिम संस्कार: कसैले नदेख्ने गरी राती गरिन्छ, शवलाई जुत्ताले हिर्काइन्छ!

काठमाडौँ | तेस्रो लिङ्गीहरूको संसार सबै हिसाबले आम मानिसभन्दा फरक छ। यी ती मानिसहरू हुन्, जो न महिला हुन्, न पुरुष हुन्, ती सामान्य भन्दा फरक हुन्छन् । सभ्य भाषामा यिनीहरूलाई तेस्रो लिङ्गी भनिन्छ।

हाम्रा हरेक खुशीमा सहभागी हुन यिनीहरू आउँछन्। हाम्रो लागि प्रार्थना गर्छन । हिन्दू धर्ममा तेस्रो लिङ्गीहरूको प्रार्थनामा ठूलो शक्ति हुन्छ भन्ने विश्वास गरिन्छ।

तर यी तेस्रो लिङ्गीहरूको जीवनबारे धेरै कम जानकारी उपलब्ध होला । त्यसैले आज हामी तपाईलाई उनको अन्त्येष्टिसँग जोडिएको चकित पार्ने परम्पराबारे बताउन गइरहेका छौं, जसबारे थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि मृत्यु पछि यी तेस्रो लिङ्गीहरूको अन्तिम संस्कार कसरी गरिन्छ ? उनीहरुको शवलाई किन जुत्ताले हिर्काइन्छ र किन राती अन्तिम संस्कार गरिन्छ ?

यदि तपाईलाई थाहा छैन भने, आउनुहोस् हामी तपाईलाई यसबारे बताउने छौं । वास्तवमा तेस्रो लिङ्गीहरूको मृत्यु पछि उनीहरूको अन्तिम संस्कार गोप्य राखिएको हुन्छ ताकि कुनै पनि सामान्य मानिसले यसलाई देख्न नपरोस्। त्यसकारण, तिनीहरूको अन्तिम यात्रा प्रायः रातमा निकालिन्छ।

कुनै तेस्रो लिङ्गीको अन्त्येष्टिमा सामान्य मानिसले देखेमा मृतकले तेस्रो लिङ्गीकै रुपमा पुनर्जन्म पाउने विश्वास गरिन्छ । शवयात्राका क्रममा पनि तेस्रो लिङ्गीको शव चार काँधमा बोकेर दाहसंस्कारका लागि उभिएर लगिने गरेको बताइएको छ ।

उनीहरुको मृत शरीरलाई सेतो कपडाले बेरिएको हुन्छ, जसको अर्थ मृतकको यो शरीर र यो संसारसँग कुनै सम्बन्ध रहँदैन् भन्ने बिश्वास गरिन्छ । यसबाहेक पवित्र नदीको पानी मुखमा हाल्ने चलन पनि छ । त्यसपछि मात्रै शव गाडिन्छ ।

दफन गर्दा सामान्य मानिसले शव देखेमा तेस्रो लिङ्गीले कुटपिट समेत गर्ने गरेको बताइन्छ । किनकी उनीहरू आफूलाई श्रापित ठान्छन्, त्यसैले जुत्ताले पिटने गर्छन पनि । तेस्रो लिङ्गीहरूबारे यो पनि भनिन्छ कि उनीहरूलाई मर्नु अघि नै आफ्नो मृत्युबारे थाहा हुन्छ।

यस्तो अवस्थामा उनीहरुले खानपान छोड्छन् । घरबाहिर पनि निस्कदैनन । यस अवधिमा उनीहरु पूर्णरुपमा भगवानको भक्तिमा लीन हुन्छन् र भयंकर प्रार्थना गर्छन् कि ‘हे भगवान हामी यस जन्ममा तेस्रो लिङ्गी बन्यौं तर अर्को जन्ममा हामीलाई तेस्रो लिङ्गी नबनाउनु होस्।’

तेस्रो लिङ्गीहरू आफैंलाई आफ्नो जीवन यति श्राप ठान्छन् कि अन्तिम यात्रा गर्नुअघि मृतकको शवलाई जुत्ता र चप्पलले पिट्छन्। एकै समयमा तिनीहरू धेरै दुर्व्यवहार पनि गर्छन्। यसो गर्नुको एउटा कारण छ। मृतक तेस्रो लिङ्गीले जीवित रहँदा कुनै अपराध गरेको भए त्यसको प्रायश्चित गरि अर्को जन्ममा नारी होस् वा पुरुष हुनुपर्ने तेस्रो लिङ्गीहरूको विश्वास छ। तेस्रो लिङ्गीको मृत्यु हुँदा सम्पूर्ण समुदायले एक सातासम्म व्रत बसेर मृतकको लागि प्रार्थना गर्ने गर्दछन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ