काठमाडौँ | बुवा र भाइको हत्यापछि आत्मसमर्पण गरेका मिलन आचार्य विगत १५ दिनदेखि भक्तपुर प्रहरीको हिरासतमा छन् ।
हिरासतमा थुनुवाले पाउने सबै सुविधा मिलनले पाएका छन् । सातामा एक दिन मासुभात र अन्य दिन सादा खाना दिने गरिएको छ ।
प्रहरीले मिलनलाई सोधेका थिए– ‘बुवाको किरिया गर्न त पाएनौ भाइ, नुन बार्छौ कि ?’ जवाफमा मिलनले भने– ‘जे हुनु भइसक्यो, अब बारेर के काम, बरु मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले नै आमालाई हेर्नुपर्छ ।’
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीका अनुसार बुवा र भाइको हत्या गरेकोमा मिलनमा कुनै पश्चाताप छैन ।