२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते

२५ पुष २०८१, बिहीबार ११:५४

काठमाडौँ | भारतको आन्ध्र प्रदेशस्थित श्री तिरुपति मन्दिरमा रहेको वैकुण्ठद्वार दर्शन टिकट काउन्टर नजिक बुधबार राति ९ः३० बजे भागदौड मच्चिएको थियो। सो क्रममा एक महिलासहित ६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

शुक्रबारदेखि सुरु हुने १० दिने विशेष वैकुण्ठद्वार दर्शनका लागि टिकट वितरण भइरहेको थियो। मन्दिर समितिले ९१ काउन्टर खोलेको थियो। करिब चार हजारको भिड थियो।

यसैबीच लाइनमा उभिएकी एक महिला बेहोस भइन् र उनलाई उपचारका लागि गेट खोलेर बाहिर निकालिएको थियो। यसै क्रममा मानिसहरू भित्र पस्न थाले र भागदौड जस्तो अवस्था सिर्जना भयो। जसमा ती बिरामी महिलासहित ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

एक दिनअघि मंगलबार तिरुमाला तिरुपति देवस्थानम (टीटीडी) का कार्यकारी अधिकृत जे श्यामला रावले वैकुण्ठ एकादशीमा जनवरी १० देखि १९ सम्म दर्शनका लागि वैकुण्ठद्वार खोल्ने बताएका थिए। बिहान ४.३० बजेबाट प्रोटोकल दर्शन सुरु हुनेछ। त्यसपछि ८ बजेबाट सर्व दर्शन सुरु हुनेछ। त्यसका लागि मानिसहरू टोकन लिन लाइनमा बसेका थिए। यी १० दिनमा करिब ७ लाख भक्तजन आउने सम्भावना रहेको भारतीय मिडियाहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर