८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ

२५ पुष २०८१, बिहीबार १२:४५

काठमाडौँ | खोटाङ सदरमुकाम दिक्तेलदेखि काठमाडौंका लागि छुटेको यात्रुवाहक जिप टाटा सुमोमाथि आक्रमण गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । बिपी लोकमार्ग भएर काठमाडौँ जाँदै गरेको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमाथि बुधबार साँझ काभ्रेको भकुण्डेबेँसीस्थित पातले खेतमा तोडफोड भएको थियो।

विपरीत दिशाबाट आउँदै गरेको निजी कारलाई साइड नदिएको भन्दै सुमोमा तोडफोड गर्दा अगाडिको सिसादेखि झ्यालहरू सबैमा क्षति पुगेको छ। खोटाङको तुवाचुङ मारातिका यातायात प्राविद्वारा सञ्चालित सुमोमाथि आक्रमण गर्नेहरूको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।

तोडफोड लगत्तै फरार उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेलाई उद्धृत गर्दै प्रालिले जनाए अनुसार तोडफोडको भिडियो क्लिपसहित चालकको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौं जाने यात्रु सवार सुमोमाथि अन्धाधुन्ध तोडफोड भएपछि गाडी भगाएर प्रहरी चौकी पु¥याएको चालक केवल राईलाई उद्धृत गर्दै प्रालिका अध्यक्ष टेकिन्द्र राईले बताए । गाडी तोडफोडको घट्नाबारे प्रहरीलाई जानकारी गराउँदै कारबाही गर्न उजुरी दिएपछि उनीहरु पक्राउ परेको उनको भनाई छ ।

उनका अनुसार तोडफोड गर्नेहरु निजी कार भाडामा लिएर कतै गइरहेको र मादक पदार्थ सेवन गरेको प्रहरीले खुलाएको छ । सामान्य साइड नदिएको निहुँमा सर्वसाधारण सवार सार्वजनिक यातायातमाथि तोडफोड गरेकाले उनीहरुलाई कडा कारबाही गर्न अध्यक्ष राईले माग गरेका छन् । दिक्तेलका यात्रु लिएर मध्य पहाडी लोकमार्ग हुँदै काठमाडौँ गइरहेको जिपमाथि बिच सडकमा तोडफोड भएपछि अलपत्र यात्रुलाई अर्को गाडी व्यवस्था गरेर गन्तव्यसम्म पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी