2026-10-23 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित)

काठमाडौँ | हेनले एण्ड पार्टनर्सले विश्वकको सबैभन्दा शक्तिशाली पासपोर्टको सूची र्याकिङ जारी गरेको छ । यो सूची सन् २०२५ को पहिलो ६ महिनाका लागि शक्तिशाली पासपोर्टको सूचीमा सिंगापुरको पासपोर्टलाई पहिलो स्थानमा राखिएको छ ।

त्यस्तै नेपाललाई भने यो सूचीको १ सय १ औँ स्थानमा राखिएको छ । यस अघि २०२४ मा नेपाल ९८औं स्थानमा रहेको थियो । गत बर्षभन्दा नेपालको पासपोर्ट झन् कमजोर बनेको हो । नेपालभन्दा तल पाकिस्तान, सोमालिया, इराक, सिरिया र अफगानिस्तान जस्ता देशहरु रहेका छन् ।

यो शक्तिशाली पासपोर्टको अर्थ जुन देशका पासपोर्ट जति बलियो हुन्छ त्यो पासपोर्ट भएका व्यक्तिले धेरै देशमा भिजा फ्री यात्रा गर्न सक्ने छन् भन्ने बुझिन्छ । यस हिसाबले नेपालले ३९ देशको भ्रमणका लागि भिसा लगाउनु पर्दैन ।

हेनले एन्ड पार्टनर्सले सार्वजनिक गरेको यो सूचीको आधारमा सिंगापुरको पासपोर्ट संसारको सबैभन्दा शक्तिशाली पासपोर्ट भएको छ । सिंगापुरको पासपोर्ट भएका व्यक्तिले विश्वका १९५ देशहरुको भिजा बिना नै यात्रा गर्न सक्छन् । संसारको दोस्रो सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको रहेको छ । जापानी पासपोर्ट लिएका व्यक्तिले १९३ वटा देशहरुमा भिजा बिना नै यात्रा गर्न सक्नेछन् । त्यसपछि दक्षिण कोरिया, फ्रान्स, जर्मनी, इटाली, स्पेन र फिनल्यान्ड संयुक्त रुपले तेस्रो स्थानमा रहेको छ । यो पोसपोर्ट भएका व्यक्तिले १९२ वटा देशहरुको भ्रमण गर्नका लागि भिसाको आवश्यकता पर्दैन ।

हाल क्यानडा भिजा नीतिका कारण विश्वमा चर्चाको केन्द्र बनेको छ । पासपोर्ट र्याङ्किङमा क्यानडा, माल्टा र पोल्याण्ड सातौं नम्बरमा छन् । थयस्तै अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, लक्जमबर्ग, नर्वे, स्वीडेन, नेदरल्यान्ड्स, बेल्जियम, पोर्चुगल, न्युजिल्यान्ड, स्वीट्जरल्याण्ड र बेलायत आदि यसभन्दा माथि रहेका छन् ।

भारतको पासपोर्ट विश्वमा ८५ औं स्थानमा छ  भने चीन ६०औं स्थानमा रहेको छ। यसरी भारतीय राहदानीमार्फत विश्वका ५७ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ । तर, गत वर्षको तुलनामा भारतको राहदानीको वरियतामा ५ अंकले तल झरेको छ ।

भारतको छिमेकी देश पाकिस्तानको कुरा गर्ने हो भने हेन्ले इन्डेक्समा यसको राहदानीको र्याङ्किङ निकै दयनीय छ । आतंकवादका लागि चर्चित पाकिस्तान अहिले गरिवी र पीडामा बाँचिरहेको छ । स्थिति यस्तो छ कि र्याङ्किङमा पाकिस्तानको नम्बर विश्वकै गरिब देश सोमालियाको राहदानीभन्दा पनि कम छ । पाकिस्तानको पासपोर्ट हेन्ले इन्डेक्सको पासपोर्ट र्याङ्किङमा १०३ नम्बरमा छ । जबकि सोमालिया १०२ नम्बरमा छ ।

पाकिस्तानी पासपोर्टभन्दा तलका देशहरुको कुरा गर्ने हो भने इराक (१०४औं), सीरिया (१०५औं) और अफगानिस्तान (१०६औं) स्थानमा छन् अर्थात युद्धमा रुमल्लिरहेका यी देशका पासपोर्टमात्र पाकिस्‍तानभन्दा कमजोर छन् ।

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ । एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने