२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो

२६ पुष २०८१, शुक्रबार १२:४९

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा हुन्छ भनेपछि कांग्रेस-एमाले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ सालमा हुने बताएका थिए । कांग्रेस-एमालेबीच संविधान संशोधन गर्नेलगायत सातबुँदे सहमतिपछि एमाले अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेबीच भएको ७बुँदे सहमतिविपरीत संविधान संशोधन २०८७ सालमा मात्रै हुन्छ भनेर प्रतिक्रिया दिएपछि कांग्रेस असन्तुष्ट बनेको छ ।

कांग्रेस नेता रिजालले प्रधानमन्त्री ओलीले नै संविधान संशोधन २०८७ मा हुन्छ भनेपछि गठबन्धनको औचित्य समाप्त भएको आफूले बुझेको बताए । ‘सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय पनि छ । संविधान संशोधन नगर्ने हो भने कांग्रेस-एमालेको लगभग दुईतिहाइको सरकारको काम छैन,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले नै २०८७ मा संविधान संशोधन हुन्छ भन्नुभयो । यो भनेको गठबन्धनको औचित्य समाप्त भयो भन्ने हो ।’

नेता रिजालले सबै दललाई विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने बताए । ‘सबै दललाई विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्छ । अनि मात्रै आगामी चुनावमा लाग्नुपर्छ,’ उनले भने । रिजालले सातबुँदे सहमतिको मुख्य उद्देश्य नै आवश्यक छैन भनेपछि कांग्रेस र एमाले अब किन एक ठाउँमा बस्नु पर्‍यो भन्ने प्रश्न गरे । ‘सातबुँदे सहमतिको मुख्य उद्देश्य नै आवश्यक छैन भनेपछि अब कांग्रेस र एमाले किन एक ठाउँमा बसिरहनु पर्‍यो ?,’ उनले प्रश्न गरे ।

नेता रिजालले संविधान संशोधन अहिले हुँदैन भनेर प्रधानमन्त्री ओलीले अब गठबन्धनको औचित्य सकियो भन्ने सन्देश दिएको बताए । ‘ओलीजीले ०८७ मा संविधान संशोधन गर्ने भन्नुको अर्थ अब गठबन्धनको औचित्य छैन भन्ने सन्देश दिन खोज्नुभएको हो । मैले त्यहीँ रूपमा बुझेको छु,’ उनले भने,’मूल उद्देश नै पूरा गर्न नसकिने हो भने किन कांग्रेस एमालेसँगै बस्नुपर्‍यो ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु