२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ?

२६ पुष २०८१, शुक्रबार १३:२१

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने २ बजे काठमाडौँ आउने भएका छन् । पोखराबाट २ बजेको फ्लाइटमार्फत उनी काठमाडौँ आउन लागेका हुन् ।

लामिछाने आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित तयारीमा छन् । कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका लामिछाने गएराति पोखरामा नै बसेका थिए। अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

काठमाडौँ आएपछि अदालतमा उपस्थित भएर निवेदन दिनुपर्छ । निवेदन कानुन व्यवसायीमार्फत पनि दिन सकिन्छ । प्रतिवादीको निवेदन आएपछि मात्र इजलास तोकिने काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।

गोला प्रणालीबाट इजलास तोकिएपछि रवि लामिछानेसँग बयान लिइन्छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । बयान र थुनछेक पूरा नहुँदासम्म उनलाई अदालतले पुनः हिरासतमा पठाउने कानुनी व्यवस्था छ । थुनछेक बहस पुरा भएपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी लिएर छाड्ने भन्नेबारे आदेश गर्छन् ।

लामिछाने विरुद्ध चितवन, बुटवल र पर्सामा पनि सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान भइरहेको छ । ती ३ वटा जिल्लाको मुद्दा अदालतमा दर्ता भएको छैन । चितवनमा सहारा बचत, पर्सामा सानो पाइला र बुटवलमा सुप्रिम सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछनेसँग अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु