२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का

२८ पुष २०८१, आईतवार १४:३२

वीरगञ्ज | वीरगञ्जमा जारी जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेटमा मधेश प्रदेशमाथि त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ । आइतबार खेलको दोस्रो तथा अन्तिम दिन जितका लागि पाएको २८ रनको सामान्य लक्ष्य उसले २ विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि दोस्रो पारीमा इमरान शेखले नटआउट ८ र वसिर अहमदले ४ रन बनाए । मधेशका लागि रञ्जित कुमार र प्रदिव पासवानले एक एक विकेट लिए । आर्मीको पहिलो जित हो । जितसँगै उसले फाइनल खेल्ने पक्का भएको छ ।

फ्लोअनमा परेको मधेश आइतबार दोस्रो दिनको खेलमा १५० रनमा अलआउट हुँदा उसको अग्रता मात्र २७ रन मात्र थियो । आर्मीले पहिलो पारीमा २२५ रनमा ९ विकेट गुमाउँदा पारी घोषित गरेको थियो ।

त्यसपछि ब्याटिङ गरेको मधेश पहिलो पारीमा १०२ रन बनाउँदा अलआउट भयो र उसले फ्लोअन खेल्नुपरेको थियो । तर, मधेशका लागि ओपनर मयन यादवबाहेक अन्य ब्याटरले राम्रो खेल्न नसक्दा उसले २८ रनको सामान्य लक्ष्य दिएको हो ।

मधेशका लागि दोस्रो पारीमा मयन यादवले ४९ रन बनाए भने कप्तान हरिशंकर साहले २५ रन बनाए । मयनले पहिलो पारीमा ११ रन बनाएका थिए ।

मधेशको ब्याटिङ ध्वस्त बनाउने क्रममा आर्मीका बसिर अहमदले ४ विकेट लिए भने उनले पहिलो पारीमा एक विकेट लिएका थिए । यस्तै शाहाब आलमले पहिलो पारीमा ६ र दोस्रो पारीमा ३ विकेट लिए ।

उता जनकपुरमा जारी जय ट्रफी एलिट कप क्रिकेटको आइतबार दोस्रो तथा अन्तिम दिन पुलिस क्लबले बागमती प्रदेशविरुद्ध जितका लागि ११६ रनको लक्ष्य पाएको छ । बागमतीले पहिलो पारीमा ११२ र दोस्रो पारीमा २१८ रन बनायो । पुलिसले पहिलो पारीमा २१५ रन बनाएको थियो । आइतबार अलआउट हुनुअघि बागमतीले २१८ रन बनाएपछि पुलिसले ११६ रनको लक्ष्य पाएको हो ।

बागमतीका लागि दोस्रो पारीमा शुभ कंसाकारले ७० र रित गौतमले ५२ रन बनाएका थिए । पहिलो पारीमा इशान पाण्डेले ७१ रन बनाएका थिए ।

पुलिसका लागि दोस्रो पारीमा ललित राजवंशीले तीन विकेट लिए भने श्रवण यादवले २ विकेट लिए । पहिलो पारीमा राजवंशीले ४ विकेट लिएका थिए भने पहिलो ह्याट्रिक गरेका श्रवण यादवले तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली