2026-09-06 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ

काठमाडौँ | भारतको केरला राज्यअन्तर्गत पथनमथिट्टामा १८ वर्षीया दलित छात्रालाई सामूहिक बलात्कार घटनाका ६४ आरोपितमध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरू छात्राका छिमेकी, बुबाका साथी, खेलकुद प्रशिक्षक र अन्य व्यक्ति छन्। जसमध्ये दुई आरोपित १७ वर्षका नाबालिग छन् भने अन्य १९ देखि ४७ वर्षका छन्।

यस घटनामा अहिलेसम्म आठवटा एफआईआर दर्ता भइसकेका छन्। यी जाहेरी दुई प्रहरी चौकीमा दर्ता भएका हुन्।पथनमथिट्टा जिल्लाका डेपुटी एसपी नन्दकुमार एसले बीबीसी हिन्दीलाई भने, ‘एससी-एसटी ऐन र पोक्सोअन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ, किनभने यी अपराध पाँच वर्षमा भएका छन्। पीडित त्यतिबेला नाबालिग थिइन्।’

उनले थपे, ‘यसबीच सामूहिक बलात्कारका तीनवटा घटना भएका छन्।’यस मुद्दामा पीडितका छिमेकी र बाल्यकालको साथीलाई पहिलो अभियुक्त बनाइएको छ। त्यतिबेला पीडित विद्यार्थी १३ वर्षकी थिइन्। यसबाहेक विद्यार्थीको साथी सामूहिक बलात्कारको कम्तीमा एउटा घटनामा संलग्न भएको आरोप छ।

पथनमथिट्टा जिल्ला अपराध शाखाको मिडिया सेलका सजीव एमले भने, ‘पहिलो अभियुक्तको फोनमा यौन दुर्व्यवहारका प्रमाण छन्, जसबाट उसले विद्यार्थीलाई ब्ल्याकमेल गर्न, यौन शोषण गर्न र आफ्ना साथीहरूकहाँ लैजाने गरेका कुरा खुल्छन्।’

यो कुरा कुटुम्बश्री ‘स्नेहिता’ कार्यक्रमअन्तर्गत सामुदायिक काउन्सिलरको टोलीले पीडितको घर पुग्दा खुल्यो।

बाल कल्याण समिति, पथनमथिट्टाका अध्यक्ष तथा अधिवक्ता एन राजीवले बीबीसी हिन्दीलाई भने, ‘यस कार्यक्रमअन्तर्गत धेरै परिवारको विवरण संकलन गरिन्छ र उनीहरूको समस्या समाधानबारे परामर्श दिइन्छ।’

पीडित र उनकी आमा सीडब्ल्यूसी अध्यक्षको कार्यालयमा गए, जहाँ पीडितले सबै कुरा बताइन्।

‘पीडितले हाम्रो मनोचिकित्सकसँग कुरा गरिन्, जतिबेला उनकी आमा बाहिर पर्खिरहेकी थिइन्। आमालाई उनको श्रीमान्‌को फोन ल्याउन भनियो र यसरी अपराधीहरूको नाम खुलासा भयो’, राजीवले भने।

सामान्यतया सीडब्ल्यूसीले यो मामिला प्रहरी चौकीको स्टेसन हाउस अफिसरलाई रिपोर्ट गर्ने अपेक्षा गरिन्छ।

तर राजीवले भने, ‘हामीलाई लाग्यो कि यो एउटा पृथक घटना हो। त्यसैले हामीले प्रहरी उपरीक्षकलाई जानकारी गरायौँ र उनले तुरुन्तै कारबाही अघि बढाए।’

यसैबीच, राष्ट्रिय महिला आयोगले यस विषयमा राज्य सरकारसँग तीन दिनभित्र प्रतिवेदन ल्याउन भनेको छ। पीडित र उनकी आमालाई सुरक्षित घरमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ