काठमाडौँ | अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ।
क्यालिफोर्नियाका मौसमविद्हरूले आगामी दिनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिएका छन्। जसका कारण आगलागी अझ भीषण हुने आशंका गरिएको छ।
लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृतकको संख्या २४ पुगेको बताएका छन्।
आगलागीका कारण सबैभन्दा बढी विनाश पालिसेड्समा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्रफल जलेको छ।
आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट हुने आर्थिक क्षतिको प्रारम्भिक अनुमान २५० अर्ब देखि २७० अर्ब डलरसम्म गरेको छ।