2026-09-06 01:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो?

काठमाडौँ | यदि तपाईं अमेरिकाको लस एन्जलसमा लागेको आगोको खबर पछ्याइरहनु भएको छ भने ‘गुलाबी र‍ङ्ग’को कुनै पदार्थको वर्षा गर्दै गरेका हेलिकप्टरको तस्वीर वा भिडिओ अवश्य देख्नुभएको होला । आगो निभाउनका लागि यस्ता धेरै विमान लगातार प्रयोग भइरहेका छन् ।

लस एन्जलसको जङ्गलमा लागेको आगो फैलिएर धेरै आवासीय क्षेत्रमा पुगिसकेको छ । सञ्चारमाध्यमका अनुसार यही आगलागीबाट ज्यान गुमाउनेको सङ्ख्या बढेर २४ पुगेको छ भने अर्बौं डलरको सम्पत्ति क्षति भएको छ । आइतबार मौसमबारे जानकारी दिने एक निजी कम्पनीले आगोको कारण लगभग २५० अर्ब अमेरिकी डलरको आर्थिक क्षति हुने अनुमान गरेको छ ।

यही भीषण आगो नियन्त्रण गर्नका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो ? वास्तवमा यो एक फायर रिटार्डेन्ट हो अर्थात् यस्तो पदार्थ जसले आगो लाग्ने वा जल्ने प्रक्रियालाई सुस्त बनाउँछ ।

यो गुलाबी पदार्थ पानी, नुन (सोडियम क्लोराइड) र रासायनिक मलको मिश्रण हो । यो मुख्य रूपमा अमोनियम फस्फेट मिसाइएको घोल हो । आगोलाई जल्नको लागि अक्सिजनको आवश्यकता हुन्छ । र यस रासायनिक मिश्रणले आगोलाई प्राप्त हुने अक्सिजन रोक्छ । यसले गर्दा आगो धेरै छिटो फैलिन पाउँदैन ।

यो अमोनियम पोलि फस्फेट जस्ता साल्ट्सबाट बनेको हुन्छ जुन पानी जस्तै सजिलै वाफ बनेर उड्दैन । बरु सतहमा केही समयसम्म रहन्छ । यसले सतहलाई अक्सिजनको आपूर्ति हुन दिँदैन र आगो ज्वाला कम हुँदै जान्छ । यसरी यो तरल पदार्थले आगोलाई फैलिनबाट रोक्ने काम गर्छ ।

आगो निभाउन प्रयोग गरिने यो रसायनलाई गुलाबी रङ्ग यसकारण दिइन्छ, ताकि अग्नी नियन्त्रकलाई यो कहाँ प्रयोग भइरहेको छ भन्ने थाहा होस् । यसबाहेक यो रङले आगोको चपेटामा परेको क्षेत्रलाई पनि स्पष्ट रूपमा देखाउन मद्दत गर्छ । यसबाट मानिसहरूलाई कुन क्षेत्र आगोबाट प्रभावित छन् भन्ने थाहा हुन्छ ।

यद्यपि आगो नियन्त्रण गर्ने यो प्रविधि विवादमा पनि परेको छ । खासगरी यस रसायनले मानव र वातावरणमा पार्ने प्रभावलाई लिएर चिन्ता व्यक्त गरिएको छ । अन्ततः यो आगो कति भयावह छ भन्ने प्रश्न अझै बाँकी नै छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार बिहीबार अमेरिकी फरेस्ट सर्भिसले आगो नियन्त्रण गर्ने अभियानमा नौ ठूला हवाई जहाज र पानी छर्कने २० ओटा हेलिकप्टर प्रयोग गरिएको बताएको छ ।

अमेरिकाको लस एन्जलसमा रहेका अग्नी नियन्त्रक (फायर फाइटर)ले दिएको आधिकारिक जानकारी अनुसार तीन ठाउँमा अझै पनि आगो निभाउने काम जारी छ । यहाँ कम्तीमा छ ठाउँमा आगो लागेको थियो, जसमध्ये केही ठाउँमा आगो नियन्त्रणमा आउन सकेको छैन । त्यस्तै ईटन र हर्स्टमा अझै पनि ठूलो क्षेत्र आगोको चपेटामा छ । हजारौं एकड क्षेत्रमा फैलिएको यो आगोको कारण लाखौं मानिसहरूले आफ्नो क्षेत्र खाली गरेर सुरक्षित ठाउँमा जानुपरेको छ । यो भयावह आगलागीका कारण हजारौं घर र लाखौं गाडी जलिसकेका छन् । यस आगोमा घरबारविहीन हुनेमा आम मानिसका साथै धेरै सेलिब्रेटीहरू पनि छन् ।

लस एन्जलसको हलिउड हिल्स क्षेत्रमा हजारौं भवन नष्ट भएका छन् । यसमा घर, विद्यालय र प्रतिष्ठित सनसेट बुलेभार्डमा रहेका व्यावसायिक भवन समावेश छन् । स्थानीय अधिकारीले लस एन्जलसमा आगो लाग्नुको कारण तीव्र हावा र सुख्खा मौसमलाई औंल्याएका छन् । जसका कारण रुख-बिरुवा सुकेका छन् र आगो फैलन सजिलो भएको छ ।

यो आगो फैलनुको एउटा ठूलो कारण सेन्ट एना आँधी हो, जुन जमिनबाट समुद्र तटतर्फ बहन्छ । करिब १०० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा चल्ने यो हावाले आगोलाई अझ बढावा दिएको विज्ञहरूले बताएका छन् । सेन्टा एना आँधी अमेरिकाको पूर्व वा उत्तर-पूर्व दिशाबाट तटतर्फ बहन्छ । यो हावा वर्षमा धेरै पटक बहन्छ । विशेषज्ञका अनुसार जलवायु परिवर्तनले अवस्था परिवर्तन गरिरहेको छ । यसको कारणले गर्दा आगोको जोखिम निरन्तर बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ