साउन १, बागलुङ । ताराखोला गाउँपालिकाले आर्थिक बर्ष २०७४, ७५ को बजेटमा सामुदायिक रेडियो तथा दुध संकलन केन्द्र स्थापनादेखि लोकसेवा तयारी कक्षा सञ्चालनसम्मका य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, बागलुङ । ताराखोला गाउँपालिकाले आर्थिक बर्ष २०७४, ७५ को बजेटमा सामुदायिक रेडियो तथा दुध संकलन केन्द्र स्थापनादेखि लोकसेवा तयारी कक्षा सञ्चालनसम्मका य"/>

2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ताराखोला गाउँपालिकाले ल्यायो १८ करोड बजेट


साउन १, बागलुङ । ताराखोला गाउँपालिकाले आर्थिक बर्ष २०७४, ७५ को बजेटमा सामुदायिक रेडियो तथा दुध संकलन केन्द्र स्थापनादेखि लोकसेवा तयारी कक्षा सञ्चालनसम्मका योजना समेटेको छ । 

गाउँ सभाबाट पारित गरेर गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले सार्वजनिक गरेको कुल १७ करोड ९० लाख ७१ हजार रुपैयाँको कुल बजेटमा यस्ता योजना समेटिएका हुन् । गाउँपालिकाको पहिलो बजेट पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । 

गाउँपालिकाले समानिकरण अनुदान १० करोड ७३ लाख ५८ हजार, सर्त सहितको अनुदान ६ करोड ४८ लाख ३८ हजार, संघिय संरचना र पुर्वाधार विकास कार्यक्रम तर्फको ४८ लाख तथा आन्तरिक राजस्वबाट स्रोत जुटाउने गरि २० लाख ७५ हजारबाट कुल बजेट बनाईएको हो । 

आन्तरीक राजस्वको २० लाख ७५ हजार रुपैयाँ बाहेक अरु सवै केन्द्रबाट गाउँपालिकालाई प्राप्त अनुदान रकम हो । 

सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेर बनाईएको बजेटमा २९ वटा साना–ठुला सडकलाई जम्मा ३ करोड २४ लाख ४८ हजार छुट्याईएको छ । 

कृषि पशुपालन र आयआर्जन कार्यक्रम अन्तर्गतका ७ ओटा योजनामा ९९ लाख ८४ हजार बिनियोजन भएको छ । यसमा दुध संकलन केन्द्र स्थापनाका लागि १९ लाख २० हजार बजेट छ । ‘गाउँपालिका भित्र परम्परागत रुपमै गाईभैसी पालन हुँदै आएको छ’, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘यसलाई व्यवसायीकरण गर्दै दुध उत्पादन बढाएर आयआर्जन गर्नका लागि दुध संकलन केन्द्र स्थापनाको योजना अघि सारेका छौँ ।’

कृषि र पशुपालनमा तरकारी तथा अलैची खेती, माछा, भेडाबाख्रा तथा कुखुरा पालन जस्ता कार्यक्रम समेत परेका छन् । 

त्यस्तै शिक्षा तर्फ विद्यालय क्षेत्र सुधार कार्यक्रम भनेर १ करोड ३६ लाख ३२ हजार, युवा तथा खेलकुद कार्यक्रमका लागि १५ लाख ८४ हजार तथा खानेपानी सिचाई र ढल निकासका लागि २१ लाख ६० हजार छुट्याईएको छ । 

भवन तथा अन्य पुर्वाधारका लागि ५४ लाख ८६ हजार, संस्कृति तथा पर्यटन तर्फ २ ओटा योजनामा १४ लाख ४० हजार, आन्तरिक राजस्वको पुजीगत शिर्षकबाट मर्मत सम्भार कोष र विद्युतिकरणका लागि ७ लाख ६८ हजार विनियोजन भएको छ । 

संघिय संरचना पुर्वाधार विकास कार्यक्रमतर्फ पुजीगत खर्च शिर्षकबाट ६ ओटा योजनाको लागि ४६ लाख ८ हजार राखिएको छ । 

समानिकरण अनुदानबाट चालुतर्फ कर्मचारी तलबका लागि १ करोड ३४ लाख ६३ हजार सहित विभिन्न २५ ओटा शिर्षकमा जम्मा ३ करोड ३३ लाख ४३ हजार विनियोजन भएको छ । 

यो बजेट भित्र सामुदायिक रेडियो स्थापनाका लागि ७ लाख र लोकसेवा तयारी कक्षा सञ्चालनका लागि ४ लाख बजेट बिनियोजन गरिएको छ । 

‘गाउँपालिकामा सञ्चार माध्येम मार्फत नागरिकलाई सचेत बनाउनुपर्ने आवश्यकता देखियो, त्यसैले सामुदायिक रेडियो चलाउन ७ लाख छुट्याएका हौँ’, अध्यक्ष घर्तीले थपे, ‘सवै घरधुरीबाट उनीहरुले सक्नेसम्मको शेयर जम्मा गरेर समुदायको अपनत्व हुने गरि तत्काल रेडियोको प्रसारण सुरु गरिने छ ।’

गाउँपालिका भित्रका नागरिकको निजामती क्षेत्रमा शुन्य उपस्थिति देखिएकाले राष्ट्र सेवामा स्थानीय युवालाई प्रेरित गर्नका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गरिने उनले बताए । 

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा अबको एक बर्ष तयारी तथा योजना निर्माणको बर्ष हुने उल्लेख छ । 

एक बर्ष भित्र सम्पन्न गरिने अल्पकालिन, ३ बर्षमा गरिने मध्येकालिन र ५ बर्ष वा त्यो भन्दा बढी अवधिका लागि दिर्घकालिन योजना बनाएर अघि बढ्ने लक्ष रहेको छ । 

स्थानीय स्तरमा विकासका सम्भावना बारे विषयगत विज्ञलाई गाउँपालिकामै बोलाएर अध्ययन गरि योजना निर्माण गरिने अध्यक्ष घर्तीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो