2026-09-06 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ, बंगलादेशका नागरिक भएको प्रहरीको आशंका

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्। आइतबार बिहान करिब ३:३० बजे प्रहरीले आरोपीलाई पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेको केही समयपछि प्रहरीले पत्रकार सम्मेलन गरेर आक्रमणकारीको बारेमा जानकारी दिएको थियो। आक्रमणकारी लगभग ३० वर्षका र उनको नाम मोहम्मद शरीफुल इस्लाम शहजाद रहेको जनाइएको छ। उनी चोरीको उद्देश्यले घरमा प्रवेश गरेका थिए।

प्रहरीका अनुसार आक्रमणकारी केही समय मुम्बईमा बसेर फर्किएका र त्यसपछि फेरि मुम्बई आएका थिए।

आरोपीलाई ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको थियो। मुम्बई प्रहरीले आरोपित आक्रमणकारी बंगलादेशका नागरिक हुन सक्ने बताएको छ। उनीसँग भारतका आधिकारिक प्रमणपत्रहरु केही पनि फेला नपरेको जनाइएको छ।

बिहीबार बिहान सैफ अली खानलाई उनको बान्द्रास्थित निवासमा एक व्यक्तिले धेरै पटक छुरा प्रहार गरेका थिए। सैफ अली खानमाथि यो आक्रमण बुधबार राती करिव २.३० बजे भएको थियो।

प्रहरीका अनुसार आरोपित बंगलादेशी मूलका भएको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाको समयमा आरोपी चोरीको उद्देश्यले घरमा प्रवेश गरेका थिए।

प्रहरीअनुसार अभियुक्तलाई अदालतमा पेश गरी प्रहरी हिरासतको माग गर्ने र त्यसपछि यस मुद्दाको अनुसन्धान अगाडि बढाइनेछ।

आरोपीको बारेमा अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।

बिहीबार भएको आक्रमणमा सैफ अली खानलाई छ ठाउँमा चोट लागेको थियो। उनको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको थियो। यो आक्रमणपछि उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ