2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माछापुच्छ्रे गाउँपालिकाको विकासका लागि भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

साउन १, पोखरा । स्थानीय माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । 

गाउँपालिकाको आर्थिक वर्ष २०७४÷ ७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवम् सामाजिक विकासका लागि केही योजना अघि बढाइएको जानकारी दिनुभयो । 

गाउँपालिकाको आव २०७४/७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएकामा पुँजीगततर्फ जनसहभागिता सहित रु १७ करोड सात लाख ८६ हजार ५०० र पूर्वाधार विकासतर्पm रु ११ करोड ५८ लाख ५५ हजार, सामाजिक विकास तर्पm रु दुई करोड ३५ लाख ३० हजार, आर्थिक विकास तर्पm रु ५९ लाख, वातावरण विकास तथा सेवा प्रवाहमा रु ९८ लाख २३ हजार, वित्तीय व्यवस्थापन रु १० लाख प्रस्ताव गरिएको छ । 

चालु पुँजीतर्फ रु २२ करोड ३९ लाख ३६ हजार ५०० रहेको सो गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेषगरी बञ्जीजम्प, क्यानोनिङ, ¥याप्mटिङ, प्याराग्लाडिङ, हनी हन्टिङ र रक क्लाइमिङकजस्ता सहासिक खेलको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेकोछ । 

विश्व प्रसिद्ध माछापुच्छ्रे हिमालको काँखमा रहेर पाँच सय ४४.५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नौ वडा रहेको सो गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार २१ हजार ८६८ जनसंख्या छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा