साउन १, भक्तपुर । भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ । 

आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, भक्तपुर । भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ । 

आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्"/>

2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालन


साउन १, भक्तपुर । भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ । 

आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गर्नुभएको हो । भक्तपुरबाट काठमाडौँ जाने यात्रुलाई सहज र सर्वसुलभ सेवा दिने उद्देश्यले २० वटा नगर बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले जानकारी दिनुभयो । 

नगर बस भक्तपुरको कमलविनायकबाट सूर्यविनायक, कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुर आउने र जाने गरी सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । 

मिनिबस सेवा समितिले यसअघि पनि भक्तपुरबाट सूर्यविनायक, चाबहिल, नयाँबस पार्क, भक्तपुरबाट बानेश्वर हुँदै रत्नपार्क, भक्तपुरबाट सातदोबाटो हँुदै लगनखेल र जिल्लाका ग्रामीण रुटमा बस सेवा सञ्चालन गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई