२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा प्रहरीले युवकलाई ‘पावर लगाउँछस्’ भन्दै कुटेको भिडिओ भाइरल, छानबिन समिति गठन

चितवन प्रहरीले बनायो घटना छानबिन समिति
७ माघ २०८१, सोमबार ११:५८

काठमाडौँ | प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।

रातको समयमा सवारी चालक अनुमती पत्र र बिलबुक चेकजाँच गर्ने क्रममा ती पिटाई खाने व्यक्तिले सडक किनारबाट ‘म फोन गर्छु, पर्खिनुस्’ भन्ने आवाज सुनिन्छ।

सो लगत्तै डिउटीमा खटिएका प्रहरीले झम्टिएर उनीमाथि लात्ता प्रहार गरेको भिडियोमा देख्न सकिन्छ। प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन्। तर प्रहरी पछि लाग्दै लात्तीले हानेर ती व्यक्तिलाई बिजुलीको पोल छेउमा लडाउँछन्।

‘ए फोन गर्छस्? कस्लाई फोन गर्छस? पावर लगाउँछस्?’ भन्दै ती व्यक्तिलाई भुइँमा लडाएर कम्मरमुनीको भागमा लात्तै लात्ताले हानेको भिडियोमा प्रष्ट देखिन्छ।

यो भिडियो चितवनको भरतपुर महानगरपालिका बाइबास रोड क्षेत्रको हो। सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २४/२५ वर्षका जस्तो देखिने एक पुरुषलाई प्रहरीले गरेको निर्घात कुटपिटको भिडियो भाइरल भएपछि सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए।

एसपी मिश्रका अनुसार घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

‘घटना भएको लोकेसन भेरिफाइ गरिरहेका छौँ,’ उनले भने, ‘भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने छौँ। घटनाबारे आवश्यक अनुसन्धान गरेर कुटपिट गर्ने प्रहरीमाथि नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य