२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ दिनसम्म पनि मर्मत नभएको टेलिफोन प्रवक्ताको निर्देशनमा १ घन्टामै सुचारु

३ श्रावण २०७४, मंगलवार १२:१८

साउन ३, काठमाडौँ | नेपाल टेलिकमको टेलिफोन मर्मतमा चरम लापरवाही हुन्छ भन्ने सबै जनतालाई थाहै भएको कुरा हो । यही कुरालाई प्रमाणित गर्दै साझा सबाल मिडियाको ९ दिनसम्म पनि मर्मत नभएको टेलिफोन प्रवक्ताको निर्देशनमा १ घन्टामै सुचारु भएको छ । 

साझा सबाल मिडियाको टेलिफोन नम्बर बिग्रिएको २ हप्तासम्म पनि नेपाल टेलिकम गोंगबु कार्यालयले मर्मत नगरेपछि हाम्रो मिडियाले नेपाल टेलिकमकी प्रवत्ता सम्म कम्प्लेन पुर्याएको थियो । कार्यलयको टेलिफोन बिग्रिएपछि साझा सबाल मिडियाले २ पटकसम्म  १९८ मा कम्प्लेन गरेर जानकारी गराएको र नेपाल टेलिकम कार्यलय गोंगबुमा समेत पटक पटक टेलिफोन गरेको थियो । अझ टेलिकम कार्यालयमै पुगेर यस बिषयमा जानकारी गराइएको थियो । तर २/४ मिनेटमै समस्या समाधान हुने काम यतिका दिनसम्म पनि समाधान गर्ने प्रयास भएन । टेलिकममा खबर पुग्दा समेत आज भन्नुको सट्टा भोली भन्ने तर भोलि फेरी अर्को भोलीमा परिणत हुँदै जानेजस्तो देखेपछी नौ दिनपछी हामीले माथिल्लो निकाय गुहार्न बाध्य बन्यौं । 

हेर्नुहोस असार २५ गते १९८ मा गरिएको कम्प्लेनको स-प्रमाण 


समस्या समाधान नभएर अथक भएपछि  बाध्य भएर साझा सबाल मिडियाले टेलिकमकी प्रवत्ता प्रतिमा बैद्यलाई यस बिषयबारे गुहार्यो । टेलिकमकी प्रवत्ता प्रतिमा बैद्यलाई टेलिफोन बिग्रिएपछि तपाईहरुले कति दिनमा सेवा दिनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले फल्ट हेरेर हुन्छ भन्दै अहिले सडक विस्तारसंगै मेलम्ची आयोजनाको कामले गर्दा तार पुरै काटिएको भएमा समय लाग्न सक्ने र त्यसो नभए समय नलाग्ने प्रतिकृया दिइन् । तर हाम्रो समस्या त्यति ठुलो थिएन वा भएपनि हामीलाई जानकारी दिन सकिन्थ्यो । हामीले ९ दिनसम्म पनि यसरी झुलाउन मिल्छ ? भनेपछी उनले हाम्रो टेलिफोन नम्बर लिएर तत्काल के भएको बुझ्ने बताएकी थिइन् । तर १ घन्टा नबित्दै टेलिकमको कर्मचारी साझा सबाल मिडियाको कार्यालयसम्म आएर टेलिफोन मर्मत गरिदिए । आखिर हाम्रो टेलिफोनको समस्या नजिकै रहेको पोलको तारमा मात्र रहेछ ।

यो एउटा पहुँचसम्म पुगेर पाएको जबर्जस्ति सेवाको उदाहरण मात्र हो । यस बिषयलाई हामीले एउटा प्रतिनिधि घटनाको रुपमा मात्र समाचार बनाएका हौँ । बास्तवमा सेवाग्राहिले यथासिघ्र सेवा नपाउनु टेलिकमको रोग झैँ बनेको छ । अझ नयाँ लाइन जोड्दा एक महिनासम्म पनि काम नहुने समस्या छ । 

आम सर्वसाधारणले बिभिन्न बहाना यस्तो सास्ती पाईरहेका हुन्छन् । सेवाग्राहीले हरेक दिनको हिसाव गरेर जनतासँग पैसा अशुल्छ अझ भएन केहि गरि महिनावारी बिल भुक्तानीमा एक दिन मात्र ढिला हुँदा जरिवाना तिर्न बाध्य हुन्छ तर आफ्नो कर्तब्य बिर्सने सेवा प्रदायकलाई चाही सेवा ग्राहीले जरिवाना तिराउने दिन कहिले आउला ? अब नौ दिन टेलिफोन बिग्रिएको कारण हामीलाई भएको असुविधाको जरिवाना तिर्न नेपाल टेलिकम तयार होला ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य