२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातारात एलडिओ भागेपछि सिडिओ कार्यकक्षको टेबुल तोडफोड

३ श्रावण २०७४, मंगलवार १२:२०


 नन्दराम जैशी/साउन ३, जुम्ला । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन् ।   

 जनताले गरेको विकासलाई लत्याउँदै भुक्तानी नदिई एलडिओ भागेपनि प्रशासन कार्यालय मुखदर्शक भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन् । प्रमुख जिल्ला अधिकारी सापकोटा, प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले र स्थानीय विकास अधिकारी वेल्वासेको मिलोमतोमा उपभोक्तालाई भुक्तानी नदिइएको उनिहरुले आरोप लगाएका छन् ।

 छेडादह सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन महताराले समुदायले कार्य सम्पादन गरेको प्राविधिक प्रतिवेदन स्थानीय विकास अधिकारीको कक्षमा पुग्दा समेत वास्ता नगरी एका एक भागेको भन्दै तत्काल फिर्ता वोलाएर कामको ज्याला उपलव्ध गराउन माग गर्नुभयो । कूल ८ लाख रुपैयामा बन्न लागेको सडक निर्माण कार्यको ५ लाख रुपैयाँमात्रै भुक्तानी गरेर एलडिओ भागेको बताइएको छ । 

 तत्काल एलडिओ बोलाएर भुक्तानी दिने वातावरण नमिलाए प्रशासन विरुद्ध आन्दोलन गर्ने स्थानीयले चेतावनी दिइएका छन् । यस्तै चोत्रा रामी दोहा हुदै मौरे सडकको निर्माणको २४ लाख ६० हजार रुपैया सम्झौता भएकोमा १८ लाख रुपैया भुक्तानी दिएर उम्कीएको भन्दै काम अनुसारको रकम उपलव्ध गराउन कन्ज्जुस्याई गरेको प्रति आपत्ती प्रकट गरीएको छ ।  

 स्थानीय विकास अधिकारी वेल्वासलेलाई प्रहरी नायव उपरीक्षक काफ्लेले स्कटिङ गरेर लगेको आरोप जुम्लावासीको छ । सोमबार राति एलडियो भागेपछि उहासँग कुनै सम्पर्क हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जनताले काम गरेको रकम उपलव्ध हुनेगरी स्रोत खोजेर संवोधन गर्न प्राविधिक कार्यालयका प्रमुख राजकुमार गोहितलाई निर्देशन दिनुभएको छ ।

 प्रमुख जिल्ला अधिकारी सापकोटाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएकाले आफूले बोल्न नमिल्ने समते बताउुभयो । एलडिओ कहिले कसरी गएको भन्ने वारे आफूलाई कुनै जानकारी नभएको उहाको भनाइ छ । 

स्थानीय विकास अधिकारी वेल्वासेमाथि आर्थिक लाभ उठाउन मनपरीरुपमा कोटेशन बाँडेको, उपभोक्ता समितिबाट कमिसन लिएको र बार्गेनिङका आधारमा योजनाको भुक्तानी दिने गरेको आरोप लागेको छ । एलडिओ रातारात भाग्दा प्रमुख जिल्ला अधिकारी मुखदर्शक भएको भन्दै असारे विकासको रकम कुम्ल्याउन सवैको मिलोमतो रहेको आशंका स्थानियले गरेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो