Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना चालकले महिला यात्रुमाथि गरेको दुर्व्यवहारको घटना बाहिरिएपछि बोल्यो इनड्राइभ

२०८१, १३ माघ आईतवार १३:१४

काठमाडौँ | राइड शेयरिङ एप इनड्राइभ कम्पनीले हालै एक नेपाली महिला यात्रुमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य, दुर्व्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणको निन्दा गरेको हो ।

उक्त कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति रहेको बताउँदै कम्पनीका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने “इनड्राइभले आफ्ना सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य, दूव्र्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ।”

नेपालमा हालै इनड्राइभका एक चालकले एक महिला यात्रुलाई दुर्व्यवहारपूर्ण कार्य गरी पक्राउ परेपछि इनड्राइभका तर्फबाट यस्तो भनाइ आएको हो ।

साथै कम्पनीले सेवाग्राहीको सुरक्षा र सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँदै दुर्व्यवहारमा परेकी महिलाको न्यायका लागि सम्बन्धित निकायसँग सहकार्य र सम्बन्धित अधिकारीहरूलाई सहयोग गरिरहेको जनाएको छ ।

उनले भने, “हामीले हाम्रा सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, विशेषगरी महिलाहरूको सुरक्षा र उनीहरूको अनुभवलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएका छौँ । हालै हामी हाम्रा सेवाग्राहीले भोग्नुपरेको दुःखद् घटनाप्रति खेद व्यक्त गर्दछौँ र क्षमाप्रार्थी छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली