२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आप्रवासी बोकेको सैनिक जहाज अवतरण गर्न दिएपछि कोलम्बियामाथि लगाएको प्रतिबन्ध अमेरिकाले हटायो

१४ माघ २०८१, सोमबार १४:१३

काठमाडौँ | ट्रम्प प्रशासनले निष्काशन गरेका आप्रवासी बोकेको जहाज अवतरण गर्न दिने भएपछि कोलम्बियामाथि लगाएको कर अमेरिकाले फिर्ता लिएको छ। आइतबार अमेरिकाले अवैध बसेका कोलम्बियाका नागरिकलाई दुईवटा जहाजबाट फिर्ता पठाएपछि त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य विमानलाई अवतरण गर्ने अनुमति दिएका थिएनन्।

आफ्नो सैनिक जहाजलाई अवतरण गर्न नदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले कोलम्बियामाथि कर लगाउने,त्यहाँका नागरिकमाथि अमेरिकी यात्रामा प्रतिबन्ध लगाउने,अमेरिकामा रहेका कोलम्बियालीहरूको भिसा रद्ध गर्ने आदेश जारी गरेका थिए।

दुई पक्षीय वार्तापछि कोलम्बियाले आफ्ना नागरिक बोकेको सैनिक विमानलाई अवतरण गर्न दिएपछि ह्वाइट हाउसले उमाथिको सबै प्रतिबन्ध हटाएको छ। सैनिक हेलिकोप्टर अवतरण गर्न नदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोबीच व्यापार शुल्कको विषयमा तनाव बढेको थियो।

ह्वाइट हाउसले अमेरिका र कोलम्बियाबीच बढेको तनाव अन्त्य भएको घोषणा गरेको छ भने अमेरिकाले अवैध आप्रवासी बोकेर पठाएको सैनिक जहाज कोलम्बियाले अवतरण गर्न समेत अनुमति दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ