2026-06-19 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

2017-07-20

साउन ५, तेह्रथुम । तेह्रथुममा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुने भएको छ । 

जिल्ला समन्वय समितिको आयोजनामा बसेको जिल्ला सभाले ९ सदस्यीय जिल्ला समन्वय समितिको गठन गर्ने निर्णय गरेको हो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा १२ जना जिल्ला सभाका सदस्यहरु रहेका छन् । 

हरेक गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखहरु जिल्ला सभाको सदस्य रहने कानुनी व्यवस्था रहेको छ । जिल्लामा नेकपा एमालेले ५ प्रमुख र ४ उपप्रमुख पद जितेको छ भने नेपाली कांग्रेसले एक प्रमुख र दुई उपप्रमुख जितेको छ । यसरी हेर्दा जिल्ला समन्वय समिति नेकपा एमालेले एकलौटी रुपमा गठन गर्ने स्पष्ट बहुमत जुटाएको छ । 

समन्वय समिति ९ सदस्यीय रहने सहमतिको निर्णय गरी पठाइएको र निर्वाचन आयोगको निर्देशन प्राप्त भइसकेपछि समितिको निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । यसअघि सबै नगरपालिका र गाउँपालिकाको नगर तथा गाउँ कार्यपालिका गठन भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रत्यक्ष निर्वाचित २ सय २७ र सम्बन्धित नगर तथा गाउँसभाबाट निर्वाचित दलित तथा अल्पसंख्यक समुदायका १४ गरी जिल्लामा निर्वाचित जनप्रतिनिधिको संख्या २ सय ४१ पुगेको छ । जिल्लामा असार १४ गते भएको स्थानीय चुनावमा ८५ मतदान केन्द्रबाट  ६० हजार ७ सय २१ जनाले मतदान गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो