काठमाडौँ | आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पुन: पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा छोडेलगत्तै तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेर जगातीस्थित प्रहरी वृत्त पुर्याइएको छ ।