साउन ५, काठमाडौँ | नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन आज वरिष्ठ हास्य कलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठ तथा हरिवं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, काठमाडौँ | नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन आज वरिष्ठ हास्य कलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठ तथा हरिवं"/>

२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ६४ प्रकारको प्राथमिक उपचार मोवाइल एपबाटै, हरिबंशले गरे सार्वजनिक

५ श्रावण २०७४, बिहीबार १२:५९


साउन ५, काठमाडौँ | नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन आज वरिष्ठ हास्य कलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

“घर–घरमा प्राथमिक उपचारक” भन्ने महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान सीपलाई विश्वभर रहेका नेपाली भाषीहरूको घर–घरमा पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेशन तयार गरिएको हो ।

आफ्नो फेसवुक पेजमार्फत् एप्लिकेशन सेयर गरेर शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले भन्नुभयोः “समय अनुसार प्रविधिको माध्यमबाट प्राथमिक उपचारका विषयमा जानकारी प्रस्तुत गरेर मानवीय क्षति कम गराउन गरेको कार्य प्रशंसनीय छ ।” उहाँले रेडक्रसले कुनैपनि विपद्का समयमा घटनास्थलमै आकस्मिक सेवा दिने गरेको पनि बताउनुभयो ।

अर्का प्रमुख अतिथि हरिवंश आचार्यले मानवीय सेवा क्षेत्रमा रेडक्रसले उदाहरणीय कार्य गरिरहेको बताउनुभयो । अहिले प्राथमिक उपचार जस्तो विषयलाई मोबाइलमार्फत् सबैको साथमा पुर्याउनाले विपदमा परेका मानिसले धेरै छटपटाउनु नपर्ने भएको छ । रेडक्रस अभियानको अर्को महत्वपूर्ण कार्य प्राथमिक उपचार मोबाइल एप्लिकेशन भएको आचार्यले बताउनुभयो । 

जन आन्दोलन होस् वा विपद् जुनसुकै बेला घाइते वा विरामीले औषधी उपचार नपाउने बेलासम्म प्राथमिक उपचारमा तालिम प्राप्त स्वयंसेवकहरु पुग्ने गरेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताउनुभयो । जहाँ घटना हुन्छ त्यहाँ तत्कालै प्राथमिक उपचार सेवा पुर्याउन सकिने मोबाइल एप्स बन्नु अत्यन्तै खुशीको कुरा भएको भन्दै थापाले एप्सले मानव जीवन बचाउने कार्यमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।  

कार्यक्रममा अतिथि तथा अन्य महानुभावहरुलाई स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले यो एप्लिकेशन आकस्मिक अवस्थामा जीवन बचाउन तथा प्राथमिक उपचार सीपका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो । 

अमेरिकन रेडक्रसका नेपाल प्रतिनिधि लिला मुलुकुलाले नेपालमा अहिले सबैको हात हातमा स्मार्ट फोन भएकाले सबैले यो एप्लिकेशन डाउनलोड गरी यसमा भएका ज्ञान र सीपबाट फाइदा लिन सक्नुहुन्छ । 

सार्वजनिक कार्यक्रममा रेडक्रसका विभिन्न देशका प्रतिनिधिहरु, नेपाल रेडक्रसका केन्द्रीय पदाधिकारी तथा सदस्य, नेपाल रेडक्रसका कर्मचारीहरु, पत्रकारलगायतको उपस्थिति रहेको थियो । 

यो एप्लिकेशनलाई पाँच क्षेत्रमा विभाजन गरिएको छ । 

पहिलो क्षेत्र सिक्नुहोसः एलर्जी/एनाफिलाक्सिस् सक्,दमको असर, रक्तस्राव, हाँड भाँचिएको, पोलाइ, मधुमेहको समस्या, अड्कनु, डिस्टेस/तनाव, हृदघात, गर्मीको थकान, टाउकाको चोट, कठयाङ्गग्रिनु/हाइपोथर्मिया, विष तथा हानिकारक पर्दाथ, कम्पन/छारेरोग, क्षोभ, मेनिन्जाइटिस, मनावैज्ञानिक प्राथमिक उपचार, डसेको टोकेको घाउ, मर्कनु/खुस्कनु, मस्तिष्सघात/स्ट्रोक बेहोस तथा सास फेरिरहेको र बहोस तर सास नफेरिरहेको २२ वटा विषयहरू रहेको छ । 

दोस्रो क्षेत्रःतयारीगर्ने विपद्को बेला आकस्मिक तयारी अन्त्तर्गत रासायनिक संकट, सुख्खापन, भूकम्प, आपतकालिन बाकस, दैनिक संकट, आगलागि, बाढी, फलु माहामारी, खाध्य सुरक्षा, तातो हावा, सामुन्द्रिक आँधी/तुफान, पहिरो, विधुतीयअबरोध, घरपालुवा तयारी, आँधी, सुनामी, ज्वालामुखी, जल सुरक्षा, डढेलो, जाडो मौसम (गम्भीर) गरी २० वटा विषयहरू रहेको छ । 

तेस्रो क्षेत्र तत्काल आपत्तकालिन प्राथमिक उपचारःएलर्जी एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव जस्ता २२ वटाहरू रहेको छ । 

चौथो क्षेत्रमा परिक्षाहरूः रहेको छ जसमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धी विषयमा स्वयममूल्याङ्कनगरिने विषयहरू रहेको छ । 

पाँचौ अधिकः क्षेत्र रहेको छ जसमा विदेशमा भएको बेला आकस्मिक अवस्था पस्यो भने के गर्ने, नेपाल रेडक्रस बारेमा, नेपाल रेडक्रसलाई डानेसन तथा चन्दा दिन, प्राथमिक उपचार प्रशिक्षणबारे, रक्तदानबारे, सफलता तथा अनुभवहरूको कथा सुनाउने, स्वयम सेवा बारेमा, एप्लिकेशनलाई आदान प्रदान गर्ने र नेपाल रेडक्रसको वेभ साइडमा सम्पर्क गर्ने विषयहरु समाबेश गरिएको छ ।  

यो एप्लिकेशन डाउनलोड् गर्न तपाईसँग एन्ड्रोइड मोवाइल वा डिभाइस छ भने Play Store र आइ.ओ.एस मोवाइलवा डिभाईस छ भने Apple Store मा गई prathamik upachar nepal red cross टाईप गरी खोज्नुहोस् र यो आइकोनमा क्लिक गरी डाउनलोड् गर्नुहोस । एकपटक डाउनलोड् गरेपछि विना इन्टरनेट पढ्न, भिडियोहरू हेर्ने र सुन्न सकिने छ । प्रत्येक विषयहरू अध्ययन गरेर, भिडियो किल्पहरू हेरेर, प्राथमिक उपचारका ज्ञान, सीपहरू लिन तथा तत्काल प्राथमिक उपचार सेवा प्रदान गर्न सक्नुहुन्छ । यो एप्लिकेशन ४८.५५ एम.वि. को भएकोले Wi-Fi  सुविधा भएको स्थानबाट डाउनलोड् गर्नुहोस् । रेटिङ्ग गर्नुहोस् । प्रतिकृया जनाउनुहोस् । सामाजिक सञ्जालहरूबाट एक आपसमा आदान–प्रदान गर्नुहोस् । सुझाव र सल्लाह भए [email protected] मा इमेल पठाउनुहोस् ।

डाउनलोड गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप