2026-08-22 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाथीभरा केबलकार निर्माण पक्षले स्थानीयलाई सेयर, सहुलियत र रोजगारी दिनुपर्छ: योगेश भट्टराई

काठमाडौँ | नेकपा (एमाले) का सचिवसमेत रहेका प्रतिनिधि सभा सांसद योगेश भट्टराईले पाथीभरा केबलकार निर्माण पक्षले स्थानीय बासिन्दालाई सेयर, सहुलियत र रोजगारी दिनुपर्ने बताएका छन्।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा झडपमा घाइते भएकाहरूको उपचार व्यवस्था गरी वार्ताबाटै समस्याको समाधान खोज्नुपर्ने पनि बताए।

केबलकार निर्माण पक्षले ताप्लेजुङका मानिसलाई सहुलियतको ग्यारेन्टी गर्नुपर्ने पनि उनको भनाइ छ।

‘केबलकार निर्माण पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षमुनिका बालबालिका र अपांगता भएकाहरूलाई निःशुल्क सेवा दिने घोषणा गर्नुपर्दछ,’ उनले भने, ‘प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ सेयरको व्यवस्था गर्नुपर्दछ। रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई प्राथमिकता दिनुपर्दछ। केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्दछ। स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ।’

उनले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने पनि बताए। समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गर्नुपर्ने पनि उनले बताए।

परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले हित नगर्ने उनको भनाइ छ।

यसका लागि आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेको उपचारको व्यवस्था गर्न पनि उनले माग गरेका छन्।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट कानूनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार कम्पनीले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरू गरेको पनि उनको भनाइ छ।

पाथीभराको मुख्य मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने उनले बताए।

पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट नबन्ने र बन्न नदिने उनले बताए।

उनले रूख करिब २ हजार ११२ वटा कटान हुने भन्दै बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै