७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा दुर्घटनापछि ‘बेपत्ता’ भएका चालक भक्तपुरमा फेला, ३ जनाको मृत्यु हुँदापनि प्रहरीलाई दिएनन् जानकारी

१८ माघ २०८१, शुक्रबार ११:३६

काठमाडौँ | बिहीबार बिहान ओखलढुंगामा भएको टाटासुमो दुर्घटनाका फरार चालक भक्तपुरमा फेला परेका छन् ।

खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँतर्फ आउँदै गरेको ‘पूर्व खोटाङ यातायात प्रालि’को ना १ ज ६४२१ नम्बरको सुमो बिहीबार बिहान ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

सो दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् । तर, सामान्य घाइते भएका चालक भने घटनास्थलबाट भागेर भक्तपुर आईपुगेको खुलेको छ । प्रहरीका अनुसार उक्त टाटासुमो सुनसरीको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डितले चलाएका थिए ।

प्रहरीका अनुसार चालक पण्डितको भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उनले सुमो दुर्घटनाबारे प्रहरीलाई समेत जानकारी नदिएको देखिएको छ । उनी सामान्य घाइते मात्रै भएका प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङको ज्यान गएको छ ।

आगोले पोलेर घाइते भएकी मायालाई लिएर उनका छोरा पुजन र बहिनी तारा काठमाडौँ आउँदै गरेको अवस्थामा सो दुर्घटना भएको हो । यसबारे थप अनुसन्धान भइरहेको र चालक फेला परेको हुँदा सत्यतथ्य बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी