2026-09-20 05:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसँग दम भए आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्छु, भ्रष्टाचार गर्दिनँ, कसैसँग दम छ भने भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्।’

ओलीले संसदको पाँचौं अधिवेशन वजनदार होस् भन्ने सरकारको अपेक्षा रहेको बताए।

‘झुटा आरोप र लान्छनामा संसद केन्द्रित नहोस्, देशको विकास र सुशासनको पक्षमा सरकारलाई गम्भीर सुझाव दिनुहोस्,’ उनले भने।

उनले संसद सबैको विचार व्यक्त गर्ने ठाउँ रहेको भन्दै यहाँ सबैले थिति, विधि र नियमअनुसार अभिव्यक्ति राख्नुपर्ने बताए।

उनले सरकारले कहीँ आलोचनायोग्य काम गरेको नपाएको बताए। कसैले पनि सन्तोषजनक काम गरेको भनेर कसैले नभनेको बरू हावादारी कुरा गरिरहेको बताए।

‘कसैले स्वीस बैंकमा यति अर्ब राखेको छ, टेलिकममा यति अर्ब राखेको, यसमा यति अर्ब राखेको छ भन्दै हिँडे, पहिले पशुपतिमा सुन भनेर पित्तल राख्यो भनेर कराउनेहरू पनि यतैतिर लागिपरेका छन्,’ उनले भने।

सरकारको आलोचना गर्ने काम कसैले नै नगरेको भन्दै उनले सरकारका काम कारबाहीको रचनात्मक आलोचना हुन जरुरी रहेको बताए।

‘गलत कामबाट रोक्न टिप्पणी आलोचना गर्नुहोस्, चरित्रहत्या गर्नेगरी कपोलकल्पिच, निराधार हल्ला गर्नु र तिनको पछाडि लाग्नु गलछ छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो