2026-10-20 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकप्टरसँग ठोकिएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, दुर्घटनाको कारण खुल्ने अपेक्षा

काठमाडौँ | अमेरिकामा सैन्य हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको अमेरिकी एअरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको अधिकारीहरूले बताएका छन्।

नदीमा हराइरहेका यात्रु खोजीका क्रममा विमानका फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर, जसलाई ब्ल्याक बक्स भनिन्छ, भेटिएको हो।

बुधबार राति कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढ्दै गर्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए।

विमानमा चालक दलसहित ६४ जना थिए भने हेलिकप्टरमा ३ सैनिक थिए। दुर्घटनामा सबै जनाको मृत्यु भएको निष्कर्षमा अमेरिकी अधिकारीहरू पुगेका छन्।

यद्यपि अहिलेसम्म ४० भन्दा बढी शव मात्र निकालिएको सीएनएनले जनाएको छ।

यसैबीच दुर्घटनामा मृत्यु भएकाहरूमा २ जना चिनियाँ नागरिक पनि रहेको चीनको सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ