साउन ६, काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा दलित युवकसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले मुद्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा दलित युवकसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले मुद्द"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरी कुट्ने बाबुसहित पाँचविरुद्ध मुद्दा दायर

६ श्रावण २०७४, शुक्रबार ११:१५


साउन ६, काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा दलित युवकसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले मुद्दा चलाएको छ । 

शुक्रबार घटनामा संग्लन युवतीका बुवाका इन्नर यादवसहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरीले जनाएको छ । 

सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

सम्मरीमाई गाउँपालिका–६, हिडुलीकी १७ वर्षीया मनिता यादवलाई स्थानीय २१ वर्षीया दिनेश लोधसँग प्रेम गरेकोभन्दै परिवारका सदस्यले नै निर्घात कुटपिट गरेका थिए । असार १९ गतेको घटना बिहीबार मात्रै सार्वजनिक भएको थियो ।

युवती कुटिएको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री जनार्दन शर्माकै निर्देशनमा रुपन्देही प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको थियो ।

महिला हिंसा भएको घटनालाई स्थानीय स्तरमै मिलाप गराएको भन्दै मर्चवार इलाकाका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिलाई स्पष्टिकरण सोधेको छ ।

मर्चवार प्रहरीले किशोरीसंग प्रेम सम्बन्धमा रहेका लोधलाई एकलाख क्षतिपूर्ति गराई छाडेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता