काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
मधेश प्रदेशका केही स्थानहरू र केही उपत्यकाहरुमा भने हुस्सु/कुहिरो लागेको छ ।
दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
आज मधेश र लुम्बिनी प्रदेशबाहेकका पाँच प्रदेशको मौसम आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा र कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशमा पनि मौसम बदली हुने महाशाखाले जनाएको छ ।