७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको बयान २ नम्बरमा न्यायाधीश दयाराम ढकालको इजलासमा

२३ माघ २०८१, बुधबार ११:४७

काठमाडौँ | जिल्ला अदालत, चितवनको २ नम्बर इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान शुरू भएको छ।

इजलास नं. २ मा न्यायाधीश दयाराम ढकालको एकल इजलासमा बयान शुरू भएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। समयमै बयान सकिएमा आजै थुनछेक बहस पनि शुरू हुने विश्वकर्माले बताए।

लामिछाने सहित ३२ जना विरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अवचन आरोपमा माघ २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ अपचलन भएको पाइएको छ।

त्यसमध्ये अहिले ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ अपचलन भएको जाहेरी परेको छ। जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा पनि त्यही बराबरको रकम भराउन मागदाबी गरिएको छ।

सहकारीबाट साढे तीन करोड रुपैयाँ गोर्खा मिडियामा आएको पाइएको छ। त्यो रकम हिनामिना गरिएको लामिछानेलाई आरोप लागेको छ।

मुद्दा दर्ता भएपछि लामिछाने बुधबार बिहान आफै जिल्ला अदालतमा उपस्थित भएका हुन्। यसअघि सहकारी ठगी मुद्दामा कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेका थिए।
https://www.himalkhabar.com/news/143917

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी