२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध रूपमा अमेरिका बस्दै आएका एक सयभन्दा बढी भारतीय आप्रवासी डिपोर्ट

२३ माघ २०८१, बुधबार १७:१४

काठमाडौँ | अवैध रूपमा अमेरिका बस्दै आएका एक सयभन्दा बढी भारतीय आप्रवासी डिपोर्ट भएका छन्।

१०४ जना भारतीय नागरिक बोकेको अमेरिकाको सैन्य जहाज बुधबार अमृतसरमा अवतरण गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

डिपोर्ट भएका ३० जना पन्जाबका स्थानीय हुन्। ३३-३३ जना हरियाणा र गुजरात, तीन-तीन जना महाराष्ट्र र उत्तर प्रदेश र दुई जना चण्डिगढका हुन्।

यसअघि २०५ जना अवैध भारतीय आप्रवासी डिपोर्ट गर्ने भनिएको थियो। सैन्य जहाज स्थानीय समयअनुसार दिउँसो १:५५ मा अवतरण भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यभार सम्हालेपछि अवैध आप्रवासीहरूलाई फिर्ता गर्ने भनेका थिए। उनले चुनावी अभियानमै आप्रवासीहरूलाई फिर्ता पठाउने घोषणा गरेका थिए। भारतसँगै ग्वातेमाला, पेरू र होण्डुरसका आप्रवासीलाई पनि फिर्ता पठाइसकिएको छ।

यसो त अमेरिकाले आप्रवासीलाई फिर्ता पठाइरहँदा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीलाई भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले निम्तो दिएका छन्। मोदी अर्को साता अमेरिका जाने तयारी छ।

ट्रम्पले कार्यभार सम्हालेपछि मोदीले उनलाई खुसी पार्न करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन तयार भएको देखिएको हो। त्यस्तै अमेरिकी वस्तुमा लगाएको भन्सार दर घटाउने र अमेरिकी उत्पादनको आयात बढाउनेबारे पनि मोदीले सोच्न थालेका थिए। ट्रम्प र मोदीबीच जनवरी २७ मा टेलिफोन कुराकानी भएको थियो। उनीहरूबीच आप्रवासी र सुरक्षाका सामान खरिदको विषयमा कुराकानी भएको बताइएको थियो।

पहिलो कार्यकालमा पनि मोदी र ट्रम्पको राम्रो सम्बन्ध थियो। ट्रम्पले सन‍् २०२० मा भारत भ्रमण गरेका बेला मोदीले आफ्नो गृहराज्य गुजरातको राजधानी अहमदाबादमा उनकै नाममा बनाएको विशाल क्रिकेट स्टेडियमको उद्घाटन गराएर एक लाख जनतामाझ स्वागत गरेका थिए।

बाइडेनको पालामा पनि भारत-अमेरिका सम्बन्ध सुधार हुँदै गएको थियो। तर बाइडेनको कार्यकालको अन्त्त्यतिर अमेरिकामा भारतीय उद्योगपति गौतम अदानी र एक रअ एजेन्टविरूद्ध मुद्दा चलेपछि सम्बन्ध केही असहज भएको थियो।

गत नोभेम्बरमा मोदी-निकट अदानीले घुस खुवाएर ठेक्का जिती अमेरिकी लगानी भित्र्याउन खोजेको भन्दै अमेरिकाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएको थियो। त्यसको एक महिनाअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारीले आफ्ना नागरिकको हत्या प्रयास गरेको आरोप लगाउँदै अर्को मुद्दा चलाएको थियो।

ट्रम्पलाई गैर-न्यायिक हत्या, विधिको शासन, लोकतन्त्र, मानव अधिकार जस्ता विषयमा खासै चासो नभएकाले उनको सरकारले यी मुद्दालाई बाइडेन सरकारले जसरी अघि नबढाउने मोदीको आशा छ। तर भारतसँगको बढ्दो व्यापार घाटाका कारण उनी रिसाएर सम्बन्ध बिग्रेला भनेर मोदी सचेत देखिन्छन्।

त्यसैका लागि अमेरिकामा रहेका करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन पनि उनी तयार भएको देखिन्छन्।

अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले वैध तरिकाबाट अझ धैरै भारतीयलाई विद्यार्थी र उच्च दक्षता भएका कामदारको भिसा दिन भारतको विश्वास छ।

अहिले नै उच्च दक्षता भएका कामदारलाई दिइने एच-१बी भिसा पाउनेमा सबैभन्दा धेरै भारतीय नागरिक पर्छन्। सन् २०२३ अमेरिकाले तीन लाख ८६ हजार विदेशीलाई एच-१बी भिसा दिएकोमा झण्डै ७५ प्रतिशत भारतीय थिए। अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले अझ धेरै भारतीयलाई एच-१बी भिसा देला भन्ने भारतको आशा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की