२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा रवि विरूद्धको मुद्दामा बहस गर्न तीन जिल्लाबाट बोलाइयो सरकारी वकिल

२०८१, २४ माघ बिहीबार ११:५२

काठमाडौँ | साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा बहस गर्न छिमेकी जिल्लाबाट जिल्ला न्यायाधिवक्तालाई समेत चितवन झिकाइएको छ।

रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाइएपछि सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयमा तानेर उच्च अदालत सरकारी वकिलको कार्यालय बुटवलका रवि न्यौपानेलाई मंगलबारमात्रै चितवनको न्यायाधिवक्ता बनाएर पठाइएको थियो।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार सुरु भएको थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए।

विहीबार बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनीलाई झिकाइएको हो।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले मुद्दाको आवश्यकताअनुसार अन्य जिल्लाका न्यायाधिवक्तालाई पनि झिकाउन सकिने बताए। तर यसलाई जिल्लाका न्यायाधिवक्ताहरुप्रतिको अविश्वासकोरुपमा पनि हेरिएको छ।

सरकार पक्षका अधिवक्ताको बहस सकिएपछि विहीबार जाहेरीवाला (सहकारी पीडित) तर्फका अधिवक्ताहरुले बहस गर्ने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

जाहेरीवालाकोतर्फबाट वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी, सुरेन्द्र मण्डारी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरु आरसी गौतम, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन्। अधिवक्ता रमेश काफ्ले जाहेरीवालाकोतर्फबाट बुधबार नै बहस गरेका थिए।

त्यसपछि प्रतिवादी लामिछानेतर्फका अधिवक्ताले बहस गर्नेछन्।

लामिछानेकोतर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र अधिवक्ताहरु केदारराज पन्त, दिपकराज तिमिल्सिना, नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता भएको विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड