2026-09-21 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्यन र केकीसहितको पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा अदालतमा दायर

काठमाडौँ | काठमाडौं जिल्ला अदालतमा नेपाली कलाकारहरू केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्यसहित अन्य कलाकारहरूको जाहेरीको आधारमा रोशन पराजुलीविरुद्ध मुद्दा दायर भएको छ।

रोशन पराजुलीमाथि नर्वेमा फिल्म छायांकन गर्ने बहानामा मानव तस्करी गरेको आरोप लागेको छ। उनले ‘तिम्रो नजर’ नामक चलचित्रको छायांकनका लागि १४ जनालाई नर्वे लैजान दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए। तर, नर्वे दूतावासले काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा बुझ्दा यो योजना नक्कली रहेको खुलेको थियो।

घटनापछि केकी, आर्यन र दीपकले सामाजिक सञ्जालमार्फत आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका थिए। उनीहरूले सीआईबीमा किटानी जाहेरी दिँदै आफ्नो नाम र कागजात दुरुपयोग गरिएको गुनासो गरेका थिए।

अनुसन्धानका क्रममा पराजुलीले ब्लुबर्ड प्रालि नामक नक्कली फिल्म कम्पनी खडा गरी, नेपाल पर्यटन बोर्डको कागजातसमेत कीर्ते गरेको प्रमाण फेला परेको छ। अभियोगपत्रमा उल्लेख भएअनुसार उनले गैरकलाकारहरूलाई कलाकारको रूपमा भिसा दिलाउने भन्दै ठगीसमेत गरेका थिए।

सरकारी वकिल कार्यालयले पराजुली फरार रहेको भन्दै मुलुकी फौजदारी संहिताअनुसार पक्राउ पूर्जी जारी गर्न अदालतसँग माग गरेको छ। साथै, पीडितहरूलाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो