2026-09-21 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फर्पिङमा स्कुल बस दुर्घटनामा पर्दा चालकसहित चारको मृत्यु

काठमाडौँ | काठमाडौंको दक्षिणकाली नगरपालिका-३ फर्पिङस्थित भन्ज्याङमा स्कुल बस दुर्घटनामा पर्दा चालकसहित ४ जनाको मृत्यु भएको छ।

फर्पिङ प्रहरीका अनुसार आइतबार दिउँसो करिब ४ बजे जुनकिरी इंग्लिस स्कुलका करिब ५० जना विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा चालक र तीन विद्यार्थीको मृत्यु भएको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले देशसञ्चारलाई जानकारी दिए। ‘चालकसहित चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ,’ उनले भने।

दुर्घटनाका घाइतेलाई दक्षिणकालीस्थित अस्पतालमा उपचारका लागि लगिएको प्रत्यक्षदर्शीले देशसञ्चारलाई बताए। त्यस्तै, कतिपय घाइतेलाई स्थानीय अस्पताल र मेडिसिटी अस्पतालमा पनि उपचारका लागि लगिएको छ।

बसमा करिब ५० जना बालबालिका थिए।

घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीले थप उद्धार जारी राखेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो