३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय पक्राउ, तीन अर्ब बढीको कारोबार

२८ माघ २०८१, सोमबार १५:१०

काठमाडौँ | बूढानीलकण्ठस्थित एक घरमा आइतबार (माघ २७) साँझ प्रहरीले छापा मार्दै अनलाइन ठगीमा संलग्न २३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले अपरेशन सञ्चालन गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, भारतीय नागरिकले पूरै घर भाडामा लिएर अवैध अनलाइन कारोबार सञ्चालन गरिरहेका थिए। अनुसन्धानका क्रममा उनीहरूले ‘३६०’ नामक बेटिङ साइटमार्फत सट्टेबाजी र अनलाइन ठगी गर्दै आएको खुल्न आएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ८८ थान मोबाइल, १० वटा ल्यापटप र ८१ हजार रुपैयाँ नगद बरामद गरेको छ। प्रहरीका अनुसार ठगीबाट उठाइएको रकम भारतीय नागरिककै बैंक खातामा जम्मा हुने गरेको देखिएको छ। अनुसन्धानका क्रममा यो गिरोहले क्रिप्टोकरेन्सी कारोबारसमेत गर्दै आएको पत्ता लागेको छ।

विषेश सूचनापछि एसएसपी अधिकारी आफैँ त्यहाँ छापा मार्न पुगेका थिए । केही समयअघिदेखि उनीहरूले साढे दुई तलाको घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाउँदै आएका थिए। बाहिरबाट हेर्दा सबै बन्द देखिने घर भित्रबाट चाबी लगाएर अनलाइन ठगी धन्दा चलाइएको थियो । साँझ तरकारी किन्न घरबाट एक युवक बाहिर निस्किएको मौका छोपेर प्रहरी टोली त्यहाँभित्र प्रवेश गरेको थियो ।

अनुसन्धानका क्रममा यो गिरोहले तीन अर्ब रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको प्रारम्भिक रिपोर्टमा देखिएको छ। अनुसन्धान अझै जारी रहेको र ठगीको रकम अझै बढ्न सक्ने अनुमान प्रहरीको छ।

पक्राउ परेका २३ जनालाई प्रहरीले भोलि (माघ २९) सार्वजनिक गर्ने तयारी गरेको छ। नेपाली प्रहरीले भारतीय नागरिकद्वारा सञ्चालन गरिएको अनलाइन ठगी अखडामा पहिलोपटक छापा मारेको हो। यसअघि चिनियाँ नागरिकद्वारा सञ्चालन भएका यस्ता ठगी गिरोहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली