2026-09-21 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय पक्राउ, तीन अर्ब बढीको कारोबार

काठमाडौँ | बूढानीलकण्ठस्थित एक घरमा आइतबार (माघ २७) साँझ प्रहरीले छापा मार्दै अनलाइन ठगीमा संलग्न २३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले अपरेशन सञ्चालन गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, भारतीय नागरिकले पूरै घर भाडामा लिएर अवैध अनलाइन कारोबार सञ्चालन गरिरहेका थिए। अनुसन्धानका क्रममा उनीहरूले ‘३६०’ नामक बेटिङ साइटमार्फत सट्टेबाजी र अनलाइन ठगी गर्दै आएको खुल्न आएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ८८ थान मोबाइल, १० वटा ल्यापटप र ८१ हजार रुपैयाँ नगद बरामद गरेको छ। प्रहरीका अनुसार ठगीबाट उठाइएको रकम भारतीय नागरिककै बैंक खातामा जम्मा हुने गरेको देखिएको छ। अनुसन्धानका क्रममा यो गिरोहले क्रिप्टोकरेन्सी कारोबारसमेत गर्दै आएको पत्ता लागेको छ।

विषेश सूचनापछि एसएसपी अधिकारी आफैँ त्यहाँ छापा मार्न पुगेका थिए । केही समयअघिदेखि उनीहरूले साढे दुई तलाको घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाउँदै आएका थिए। बाहिरबाट हेर्दा सबै बन्द देखिने घर भित्रबाट चाबी लगाएर अनलाइन ठगी धन्दा चलाइएको थियो । साँझ तरकारी किन्न घरबाट एक युवक बाहिर निस्किएको मौका छोपेर प्रहरी टोली त्यहाँभित्र प्रवेश गरेको थियो ।

अनुसन्धानका क्रममा यो गिरोहले तीन अर्ब रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको प्रारम्भिक रिपोर्टमा देखिएको छ। अनुसन्धान अझै जारी रहेको र ठगीको रकम अझै बढ्न सक्ने अनुमान प्रहरीको छ।

पक्राउ परेका २३ जनालाई प्रहरीले भोलि (माघ २९) सार्वजनिक गर्ने तयारी गरेको छ। नेपाली प्रहरीले भारतीय नागरिकद्वारा सञ्चालन गरिएको अनलाइन ठगी अखडामा पहिलोपटक छापा मारेको हो। यसअघि चिनियाँ नागरिकद्वारा सञ्चालन भएका यस्ता ठगी गिरोहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो