Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | काठमाडौंको बूढानीलकण्ठमा पूरै घर भाडामा लिएर अनलाइन बेटिङ गरी पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी २३ जनालाई सार्वजनिक गरेको हो।

परिसर प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनीहरूले लोटस ३६५ नामक अनलाइनमार्फत् अर्बौंको कारोबार गरेको भेटिएको छ उनीहरूले ३ अर्ब १३ करोड भन्दा बढी रकम कारोबार गरेको भेटिएको हो।

पक्राउ परेका भारतीय नागरिकहरू नेपालमा एक वर्षअघि नै आएको अनुसन्धानमा देखिएको छ। यस्तै, उनीहरूले विभिन्न व्यक्तिहरूलाई बेटिङ गराएर ठगी समेत गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट प्रहरीले ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद पनि बरामद गरेको थियो।

अनुसन्धानकै क्रममा क्रिप्टो करेन्सीमा ८६ करोड ९१ लाख ९७ हजार बढीको कारोबार देखिएको एसपी बोहोराले बताए। उनका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरू सबै जना भारतीय नागरिकहरू हुन्। अधिकांश विहारको बाँका जिल्लाका छन्। चार तिसगढ र पाँच जना उत्तरप्रदेशका छन्।

ओकिलकुमार यादव, किशोरप्रसाद यादव, रोहितकुमार यादव, मुन्नाकुमार यादव, राहुलकुमार यादव, बिपिनकुमार यादव, शंकरकुमार यादव, सुरेन्द्र कुमार, रोहित कुमार, भवेश कुमार, अभिषेक कुमार, चन्दन यादव, श्याम कुमार, बिठु कुमार, कुबिन्दर सिंह, हर्ष जैसवाल, सुरज साह, यसवाल कृष्ण, श्रेष्ठ गुप्ता, बादलकुमार जैसवाल, सौरभ सरूवा, सुनिलकुमार जैसवाल र महमद साहिद मल्लिक प्रहरीको हिरासतमा छन्।

उनीहरूमाथि सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाएको छ।