२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी

२०८१, २९ माघ मंगलवार १७:०९

काठमाडौँ | उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले सिमेन्टमा भएको मूल्यवृद्धिका विषयमा अध्ययन हुने बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले सिमेन्टमा भएको मूल्यवृद्धिका साथै उत्पादन र लागतको अवस्थाका अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए ।

उनले केही सिमेन्ट उद्योगहरूले घाटामा सिमेन्ट बिक्री गर्नुपरेको गुनासो गरेको भन्दै सबै विषयमा अध्ययन हुने जिकिर गरे । उनले उपभोक्तालाई पनि मारमा पर्न नदिने र उद्योगीहरूलाई पनि निरुत्साहित नबनाइएको स्पष्ट पारे । मुलुकको आत्मनिर्भर उद्योगको रूपमा रहेको सिमेन्ट उद्योगका बारेमा सरकारले नसोच्ने हो भने अन्य उद्योगजस्तै धरासयी हुने उनले बताए ।

उनले अहिले बढेको मूल्यमा समेत घाटा भएको व्यवसायीले जनाएको जिकिर गरे । मन्त्री भण्डारीले अघोषित लोडसेडिङका कारण पनि सिमेन्टको मूल्यवृद्धि भएको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका थिए । त्यसपछि मन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको भन्दै समितिको निर्देशन स्वीकार्य हुने जिकिर गरे ।

त्यस्तै समिति सदस्यहरूले सिमेन्टमा भएको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै तत्काल नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो