2026-09-21 06:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छविलाल जोशीलाई जेल पठाउने निर्णयको फाइल झिकाउन उच्च अदालतको आदेश

काठमाडौँ | सहकारी ठगी मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत रुपन्देहीको निर्णयको प्रतिवेदन झिकाउन उच्च अदालतले आदेश दिएको छ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको सूचना अधिकारी रामबहादुर कुँवरले बताए। “रुपन्देही जिल्ला अदालतले गरेको निर्णयको फाइल मगाउने आदेश भएको हो,” कुँवरले भने।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले माघ २८ मा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यस विरुद्ध जोशीका छोरा रोचक जोशीले माघ २९ मा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दिएका थिए।

त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश तिवारीको इजलासले जिल्ला अदालतको आदेशको प्रतिवेदन मगाएको हो। जिल्ला अदालतको आदेशको फाइल आएपछि संयुक्त इजलासमा सुनुवाइ हुने बुटवल इजलासका सूचना अधिकारी कुँवरले बताए।

यही मुद्दामा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। सुप्रिम सहकारीको रकम अपचलनमा लामिछाने सहित २२ जना विरुद्ध माघ ६ गते जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।

लामिछाने सहित २२ जना विरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो