६ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पका ६ निर्णय जसमा लगायो अदलातले ब्रेक

३० माघ २०८१, बुधबार १५:०४

एजेन्सी | जनवरी २० मा ह्वाइट हाउस फर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना नीतिहरू तीव्र गतिमा अघि बढाइरहेका छन्। पदबहालीको पहिलो दिनमै उनले ७८ कार्यकारी आदेशमार्फत पूर्व राष्ट्रपति जो बाइडेनका निर्णयहरू उल्टाए।

यसबेलादेखि उनले विभिन्न नीति कार्यान्वयन गर्न थुप्रै आदेश जारी गरिसकेका छन्, जसले कार्यकारी शाखाको संरचनासँगै सरकारका अन्य विभागहरूमा पनि प्रभाव पार्ने देखिएको छ। यी आदेशहरूमध्ये केहीलाई अदालतमा चुनौती दिइएको छ, जसले ट्रम्प प्रशासनलाई थप विवादमा तानेको छ।

अमेरिकी न्याय प्रणालीले ट्रम्प प्रशासनको आदेशलाई रोकेका ६ मुद्दा यस्ता छन् –

१. जन्मसिद्ध नागरिकताको अन्त्य
ट्रम्पको प्रमुख एजेन्डामध्ये एक अवैध आप्रवासन रोक्नु थियो। दोस्रो कार्यकाल सुरु भएलगत्तै उनले कागजातविहीन आप्रवासीहरूका बच्चालाई अमेरिकी नागरिकता नदिने आदेश जारी गरे।

तर, अमेरिकी संविधानको १४औं संशोधनले जन्मसिद्ध नागरिकताको ग्यारेन्टी दिने भएकाले यसलाई अदालतमा चुनौती दिइयो। जनवरी २३ मा सिएटलको एक संघीय अदालतले आदेशलाई असंवैधानिक ठहर गर्दै रोक लगायो।

२. सरकारी कर्मचारी कटौती योजना
जनवरी अन्त्यतिर प्रशासनले २० लाखभन्दा बढी सरकारी कर्मचारीलाई आठ महिनाको तलब दिएर स्वैच्छिक राजीनामा दिन आग्रह गर्‍यो। प्रस्ताव अस्वीकार गर्नेका लागि जागिरको कुनै ग्यारेन्टी नहुने चेतावनी दिइएको थियो।

तर, चारवटा सार्वजनिक क्षेत्रका युनियन र २० जना डेमोक्र्याट वकिलले यो आदेशलाई अदालतमा चुनौती दिए। फेब्रुअरी ६ मा संघीय अदालतले आदेश कार्यान्वयनमा रोक लगायो।

३. USAID (अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग) को खारेजी
ट्रम्प प्रशासनले USAID अन्तर्गतका सबै सहायता कार्यक्रम रोक्दै हजारौं कर्मचारीलाई जागिरबाट निलम्बन गर्‍यो। फेब्रुअरी ७ मा संघीय अदालतले यो निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दियो।

४. संघीय सहायता रोक्का
संघीय बजेटबाट दिइने अनुदान र ऋण अस्थायी रूपमा रोक्ने आदेश ट्रम्प प्रशासनले जारी गरेपछि स्वास्थ्य, शिक्षा, अनुसन्धानलगायत क्षेत्र प्रभावित भए। न्यायाधीश लरेन अली खानले जनवरी २८ मा आदेशमा अस्थायी रोक लगाइन्।

५. दुई लिङ्ग मात्र आधिकारिक मान्यता
ट्रम्पले जन्मको आधारमा लिङ्ग पहिचान सीमित गर्ने आदेश जारी गरे। यसले ट्रान्सजेन्डर व्यक्तिहरूको अधिकार कटौती गर्‍यो। फेब्रुअरी ५ मा संघीय अदालतले ट्रान्सजेन्डर व्यक्तिहरूको सुरक्षाका लागि आदेशमा अस्थायी रोक लगायो।

६. इलोन मस्कको सरकारी पहुँचमा रोक
सरकारी दक्षता विभागका प्रमुख इलोन मस्कलाई संघीय कोष र सरकारी जानकारी पहुँचको अनुमति दिइएको थियो। तर, १९ राज्यका महान्यायाधिवक्ताले यो निर्णयविरुद्ध उजुरी गरेपछि फेब्रुअरी ८ मा संघीय अदालतले मस्कको पहुँचमा रोक लगायो।

ट्रम्प प्रशासनका यी आदेशहरूलाई अदालतले लगातार रोक लगाएपछि उपराष्ट्रपति जेडी भान्सले न्यायपालिकाले कार्यकारी शक्तिमा हस्तक्षेप गरिरहेको आरोप लगाए। इलोन मस्कले न्यायाधीशहरूको आजीवन पद बहालीको व्यवस्था आलोचना गर्दै “अब पुग्यो” भनी प्रतिक्रिया दिएका छन्।

ट्रम्पले स्वयं ओभल अफिसमा बोल्दै न्यायाधीशहरूका निर्णयमाथि असन्तुष्टि जनाउँदै उनीहरूमाथि अनुसन्धान आवश्यक रहेको बताएका छन्।

अदालतको रोकपछि ट्रम्प प्रशासन अब नयाँ रणनीतिमा केन्द्रित हुन लागेको छ। कानुनी चुनौतीका बाबजुद, ट्रम्पले आफ्ना चुनावी वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हार्दिक पाण्डेयलाई आईपीएलको पहिलो खेलमै प्रतिबन्ध स्कुल जान भनेर भागेर काठमाडौँ आउँदा बलात्कृत पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ संघर्ष समितिको माइतीघरमा सुतेर प्रदर्शन त्रिविमा नेविसंघका कार्कीको उम्मेदवारी तत्काललाई कायम राख्न अदालतको आदेश २५ करोडसहित टोखाबाट समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो भारतीयलाई नेपाली नागरिकता- ‘नक्कली बुवा’ पक्राउ, सिफारिस गर्ने वडाध्यक्ष र सचिवलाई उन्मुक्ति दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाको धार्मिक भ्रमणमा, गोरखनाथ र मनकामना मन्दिरको दर्शन गर्ने अन्तरिक्षमा फसेका यात्री ९ महिनापछि पृथ्वीमा फर्किए सरकारलाई अमरेशकुमारको चुनौती- २५ करोड कुनै भरियाको हुँदैन, मालिक समातेर देखाउनू हमासलाई इजरायलको चेतावनी: यो त सुरुवात मात्र हो बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ, दुई बालिकाको उद्धार चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय प्रेमीसँग मिलेर श्रीमानको हत्या: शव लुकाउन १५ टुक्रा बनाएर ड्रममा राखी सिमेन्टले सील, कसरी पत्ता लाग्यो घटना? स्ववियु निर्वाचन : कुन संगठनले कति कलेजमा जिते ? ट्रम्पसँगको वार्तापछि पुटिनले युक्रेनमा युद्ध रोक्न राखे यस्ता सर्त यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार? बानेश्वर बहुमुखी क्याम्पसमा क्रान्तिकारीका भूमिराज अधिकारी विजयी संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै