६ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

१ फाल्गुन २०८१, बिहीबार ०९:१४

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन ।

रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छिन् ।

श्रीमान्सँग सम्बन्धविच्छेदपछि आफ्नो ६ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरीमा बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छिन् ।

शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन् ।

वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए ।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्क अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएका मध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऊर्जामन्त्री खड्काले भने- अब लोडसेडिङ हुन्छ तीन टाउकाले देश डुबाए : डा. बाबुराम भट्टराई महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ म्यानपावरको इजाजत लिएर व्यक्तिगत धन्दा, दुतावास छाप हान्न ६५ हजार घुस ! ट्रकबाट २५ करोड बरामद: प्रहरीलाई सुराक दिनेले पाउनेछन् झन्डै ५ करोड रुपैयाँ पुरस्कार! हार्दिक पाण्डेयलाई आईपीएलको पहिलो खेलमै प्रतिबन्ध स्कुल जान भनेर भागेर काठमाडौँ आउँदा बलात्कृत पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ संघर्ष समितिको माइतीघरमा सुतेर प्रदर्शन त्रिविमा नेविसंघका कार्कीको उम्मेदवारी तत्काललाई कायम राख्न अदालतको आदेश २५ करोडसहित टोखाबाट समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो भारतीयलाई नेपाली नागरिकता- ‘नक्कली बुवा’ पक्राउ, सिफारिस गर्ने वडाध्यक्ष र सचिवलाई उन्मुक्ति दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाको धार्मिक भ्रमणमा, गोरखनाथ र मनकामना मन्दिरको दर्शन गर्ने अन्तरिक्षमा फसेका यात्री ९ महिनापछि पृथ्वीमा फर्किए सरकारलाई अमरेशकुमारको चुनौती- २५ करोड कुनै भरियाको हुँदैन, मालिक समातेर देखाउनू हमासलाई इजरायलको चेतावनी: यो त सुरुवात मात्र हो बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ, दुई बालिकाको उद्धार चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय प्रेमीसँग मिलेर श्रीमानको हत्या: शव लुकाउन १५ टुक्रा बनाएर ड्रममा राखी सिमेन्टले सील, कसरी पत्ता लाग्यो घटना? स्ववियु निर्वाचन : कुन संगठनले कति कलेजमा जिते ?