२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहेको १२ घण्टामै दुलाहाको मृत्यु, आफन्तका लागि मिठाई किन्न गएका सतीश दुर्घटनामा अस्ताए

२०८१, १ फाल्गुन बिहीबार १२:०९

एजेन्सी | भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा नवविवाहित युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ। विवाहको १२ घण्टाभित्रै बेहुला सतीशको निधन भएपछि परिवारमा हर्षोल्लासको माहोल एकाएक शोकमा परिणत भएको छ।

हालै उनले मिरगञ्जको संग्रामपुर गाउँकी स्वातीसँग विवाह गरेका थिए । दुवै परिवारमा हर्षोल्लासका साथ मनाइँदै थियो । सबै अनुष्ठान सकिएपछि बेहुलीलाई बिदाइ गरेर सम्पूर्ण परिवार घर पुगेका थिए । त्यसपछि राति केही आफन्तको बिदाईका लागि मिठाई ल्याउन भनिएको थियो । यसपछि दुलहा सतीश आफैं साथीहरूसँग मिठाई किन्न गएका थिए । तर बाटोमा दुर्घटना भयो र सतीशको शव घर पुग्यो ।

सतीश आफ्ना काका सचिन, साथी विजनेश, रोहित र अन्य एक व्यक्तिसँग कारमा शहरतर्फ गएका थिए। तर, इज्जतनगर प्रहरी चौकी इलाकामा पुग्दा तीव्र गतिमा रहेको कार अनियन्त्रित भई सडक छेउमा रोकिराखिएको ट्रकमा ठोक्किएको थियो। सोही क्रममा सतिश र विजनेशको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जना गम्भीर घाइते भएका थिए।

यो खबर सुन्नासाथ बेहुली बेहोस् भएकी थिइन् भने परिवारमा मातम छाएको छ। विवाहको खुसीयालीको माहोल एकाएक शोकमा परिणत भएपछि गाउँ नै स्तब्ध बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !