Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिनाले ठग आरोप लगाएकी बराइलीको जालसाजी: राजबल्लभले खुलाए फोनको रहस्य

२०८१, १ फाल्गुन बिहीबार १४:०६

काठमाडौँ | गायिका एलिना चौहानको नाममा ठगी गरेको आरोप लागेका दीपक बराइली नामका व्यक्तिले अभिनेता राजबल्लभ कोइरालालाई समेत हैरानीमा पार्ने प्रयास गरेका छन्। राजबल्लभ आफैले सार्वजनिक गरेको घटनाले यो प्रस्ट पार्छ।

केही दिनअघि, बराइलीले अभिनेता कोइरालालाई म्यासेन्जरमा पटक–पटक फोन गरे। केही जरुरी काम होला भनेर राजबल्लभले फोन उठाए। बराइलीले “चलचित्रको शुभकामना दिनुछ” भन्दै भिडियो कलमा सामेल हुन आग्रह गरे। अभिनेताले विनम्रताका साथ अनुरोध स्वीकारे र भिडियो अन गरे।

कलमा बराइली मुस्कुराउँदै थिए भने उनको छेउमा एक युवती पनि थिइन्। बराइलीले ती युवतीलाई पनि हेल्लो भन्न लगाए, जसमा अभिनेता कोइरालाले शिष्टताका लागि प्रत्युत्तर दिए। त्यसपछि, व्यस्त रहेको भन्दै उनले कल समाप्त गरे।

तर, आश्चर्यजनक रूपमा, केही क्षणमै बराइलीले उक्त भिडियो टिकटकमा पोस्ट गरिसकेका थिए। पृष्ठभूमिमा ‘आयो तिम्रो याद आयो…’ गीत राख्दै उनले भिडियोमा लेखेका थिए, “धेरै समयपछिको कुराकानी मेरो मित्र एक्टर राजबल्लभ कोइरालासँग। न्यू मुभी एक्टरका लागि धेरै धेरै शुभकामना। कमब्याक राम्रो होस्।”

त्यति मात्र होइन, बराइलीले यो भिडियो फेसबुक स्टोरीमा पनि पोस्ट गरी राजबल्लभलाई ट्याग गरे। यसबाट धेरैलाई उनीहरू निकट मित्र हुन् भन्ने आभास भयो।

यता, राजबल्लभले सुरुमा यसमा धेरै ध्यान नदिए। तर, जब गायिका एलिना चौहानले बराइलीको ठगी सम्बन्धी खुलासा गरिन् र प्रमाणस्वरूप तस्बिरहरू सार्वजनिक गरिन्, त्यसपछि राजबल्लभ झस्किए। उक्त विवादित भिडियोमा धेरैले उनलाई ट्याग गर्न थालेपछि उनले स्थिति स्पष्ट पार्न बाध्य भए।

आज आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, “मेरो अनुमतिबिना पुरा कल रेकर्ड गरेर त्यसैको स्क्रिनसट राखेर फोटो सार्वजनिक गरिएको रहेछ। त्यो बेला सामान्य लागेको थियो। मानिसहरूले प्रेम र सद्भाव देखाउँदै फोटोहरू पोस्ट गर्ने गरेका छन्, तर केही दिनयता मलाई ट्याग गर्दै ‘तपाईंको साथी हो’ भनेर प्रश्न उठ्न थालेपछि स्पष्ट पार्नुपर्‍यो।

होइन, दीपक बराइली मेरो साथी होइन, न त म उनलाई चिन्ने नै। केवल फेसबुकमा कसैसँग जोडिएको आधारमा मित्रता मापन गर्न सकिन्न। यदि फोटो मात्र आधार हो भने, मेरो राष्ट्रपतिसँग पनि फोटो छ।”

यस घटनाले सामाजिक सञ्जालमा कसरी गलत सन्दर्भ सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ। राजबल्लभ कोइरालाले आफ्ना फ्यानहरूलाई यस्ता भ्रामक कुराहरूबाट सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली