१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिनाले ठग आरोप लगाएकी बराइलीको जालसाजी: राजबल्लभले खुलाए फोनको रहस्य

१ फाल्गुन २०८१, बिहीबार १४:०६

काठमाडौँ | गायिका एलिना चौहानको नाममा ठगी गरेको आरोप लागेका दीपक बराइली नामका व्यक्तिले अभिनेता राजबल्लभ कोइरालालाई समेत हैरानीमा पार्ने प्रयास गरेका छन्। राजबल्लभ आफैले सार्वजनिक गरेको घटनाले यो प्रस्ट पार्छ।

केही दिनअघि, बराइलीले अभिनेता कोइरालालाई म्यासेन्जरमा पटक–पटक फोन गरे। केही जरुरी काम होला भनेर राजबल्लभले फोन उठाए। बराइलीले “चलचित्रको शुभकामना दिनुछ” भन्दै भिडियो कलमा सामेल हुन आग्रह गरे। अभिनेताले विनम्रताका साथ अनुरोध स्वीकारे र भिडियो अन गरे।

कलमा बराइली मुस्कुराउँदै थिए भने उनको छेउमा एक युवती पनि थिइन्। बराइलीले ती युवतीलाई पनि हेल्लो भन्न लगाए, जसमा अभिनेता कोइरालाले शिष्टताका लागि प्रत्युत्तर दिए। त्यसपछि, व्यस्त रहेको भन्दै उनले कल समाप्त गरे।

तर, आश्चर्यजनक रूपमा, केही क्षणमै बराइलीले उक्त भिडियो टिकटकमा पोस्ट गरिसकेका थिए। पृष्ठभूमिमा ‘आयो तिम्रो याद आयो…’ गीत राख्दै उनले भिडियोमा लेखेका थिए, “धेरै समयपछिको कुराकानी मेरो मित्र एक्टर राजबल्लभ कोइरालासँग। न्यू मुभी एक्टरका लागि धेरै धेरै शुभकामना। कमब्याक राम्रो होस्।”

त्यति मात्र होइन, बराइलीले यो भिडियो फेसबुक स्टोरीमा पनि पोस्ट गरी राजबल्लभलाई ट्याग गरे। यसबाट धेरैलाई उनीहरू निकट मित्र हुन् भन्ने आभास भयो।

यता, राजबल्लभले सुरुमा यसमा धेरै ध्यान नदिए। तर, जब गायिका एलिना चौहानले बराइलीको ठगी सम्बन्धी खुलासा गरिन् र प्रमाणस्वरूप तस्बिरहरू सार्वजनिक गरिन्, त्यसपछि राजबल्लभ झस्किए। उक्त विवादित भिडियोमा धेरैले उनलाई ट्याग गर्न थालेपछि उनले स्थिति स्पष्ट पार्न बाध्य भए।

आज आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, “मेरो अनुमतिबिना पुरा कल रेकर्ड गरेर त्यसैको स्क्रिनसट राखेर फोटो सार्वजनिक गरिएको रहेछ। त्यो बेला सामान्य लागेको थियो। मानिसहरूले प्रेम र सद्भाव देखाउँदै फोटोहरू पोस्ट गर्ने गरेका छन्, तर केही दिनयता मलाई ट्याग गर्दै ‘तपाईंको साथी हो’ भनेर प्रश्न उठ्न थालेपछि स्पष्ट पार्नुपर्‍यो।

होइन, दीपक बराइली मेरो साथी होइन, न त म उनलाई चिन्ने नै। केवल फेसबुकमा कसैसँग जोडिएको आधारमा मित्रता मापन गर्न सकिन्न। यदि फोटो मात्र आधार हो भने, मेरो राष्ट्रपतिसँग पनि फोटो छ।”

यस घटनाले सामाजिक सञ्जालमा कसरी गलत सन्दर्भ सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ। राजबल्लभ कोइरालाले आफ्ना फ्यानहरूलाई यस्ता भ्रामक कुराहरूबाट सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल