Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी, दुई आरोपी पक्राउ

By साझासवाल

काठमाडौँ | वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका– ८ घर भइ हाल काठमाडौं तीनकुने बस्ने वर्ष ३३ को रमेश कुमार ठाकुर र धनुषाको विदेह नगरपालिका–५ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–५ बस्ने वर्ष २९ को विशाल ठाकुर रहेका छन्।

उनीहरूले दुईजना युवालाई अमेरिका पठाइदिने भन्दै २१ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूमाथि अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।