२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेल, ग्यास र लडाकु विमान खरिददेखि ट्यारिफसम्म, मोदी-ट्रम्प भेटवार्ताका यी हुन् मुख्य विषय

२०८१, २ फाल्गुन शुक्रबार ११:५२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि भारतले व्यापार घाटा कम गर्न अमेरिकाबाट तेल, ग्यास, र सैन्य उपकरणहरू, एफ-३५ लडाकु विमानबढी मात्रामा खरिद गर्ने घोषणा गरेका छन् ।

तर, ट्रम्पले अमेरिका भारतलाई ‘पारस्परिक शुल्क’ (रेसिप्रोकल ट्यारिफ) बाट जोगाउने पक्षमा नरहेको उल्लेख गरे । केही समयअघि ट्रम्पले आफैंले यसको अर्थ व्याख्या गरेका थिए ।

उनले भनेका थिए, ‘अरू देशहरूले अमेरिकामा जति ट्यारिफ लगाउँछन्, अमेरिका अब त्यति नै ट्यारिफ उनीहरूमा लगाउनेछ । न धेरै, न कम।’

ट्रम्पसँगको महत्त्वपूर्ण भेटमा प्रधानमन्त्री मोदीले भारत र अमेरिकाबीच व्यापारको खुला छलफलको प्रस्ताव राखे र अमेरिका आएको अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन भारत तयार रहेको बताए ।

ट्रम्पले एउटा महत्त्वपूर्ण घोषणा गर्दै भारतमा वाञ्छित तहव्वुर रानालाई भारत प्रत्यर्पण गर्ने बताए। राना लामो समयदेखि अमेरिकी जेलमा रहेका थिए । भारतले उनलाई स्वदेश फर्काउने प्रयास गरिरहेको थियो ।

प्रधानमन्त्री मोदी बिहीबार फ्रान्सबाट अमेरिका पुगेका थिए । शुक्रबार बिहान ह्वाइट हाउसमा उनले ट्रम्पसँग भेटवार्ता गरेका हुन्।

व्यापार, रक्षा, र टेक्नोलोजीमा छलफल

वार्तामा दुई नेताहरूले तेल-ग्यास, रक्षा, व्यापार, प्रविधि लगायत विभिन्न विषयमा छलफल गरे ।

ट्रम्पले भारतले अमेरिकी सामानहरूमा लगाइने ट्यारिफलाई न्यायोचित बनाउने आशा व्यक्त गरे। उनले भारतलाई एफ-३५ स्टिल्थ लडाकु विमान बेच्ने इच्छा पनि व्यक्त गरे ।

वार्ताको क्रममा नेताहरूले एकअर्काको प्रशंसा गरे । मोदीले ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) नारालाई उल्लेख गर्दै भने, ‘मेक इंडिया ग्रेट अगेन’ उनले थपे, ‘जब मागा प्लस मागा जोडिन्छ, तब यो मेगा हुन्छ।’

प्रधानमन्त्री मोदीले सन् २०३० सम्म अमेरिकासँगको व्यापार दोब्बर बनाउने लक्ष्य पनि प्रस्तुत गरे ।

अवैध आप्रवासीहरूको फिर्ती

अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीयबारे मोदीले भने, ‘यस विषयमा हाम्रो विचार एकै छ । यदि कोही भारतीय अवैध रूपमा अमेरिका बसिरहेको छ र प्रमाणित भएमा, हामी उनीहरूलाई फिर्ता लिन पूर्ण रूपमा तयार छौं ।’

मोदीले केही भारतीयहरू मानव तस्करहरूद्वारा अमेरिका ल्याइएको बताउँदै उनीहरूलाई कहाँ लैजाँदै छन् भन्नेसमेत थाहा नहुने बताए ।

प्रधानमन्त्रीले भने, ‘यी सामान्य परिवारका छोराछोरी हुन् । उनीहरूलाई ठूलो सपना देखाइन्छ, ठूला-ठूला आश्वासन दिइन्छ ।’

उनले मानव तस्करी रोक्न कडा कदम उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालपछि पहिलोपटक अमेरिकी सैन्य विमानमार्फत केही अवैध भारतीय आप्रवासीहरूलाई फिर्ता पठाइएको बताए ।

गत साता भारतका विदेशमन्त्रीले अमेरिका र भारत मिलेर यस प्रक्रियामा भारतीय नागरिकहरूसँग कुनै दुर्व्यवहार हुन नदिने सुनिश्चित गर्न काम गरिरहेको बताएका थिए ।

मुम्बई हमलाका आरोपी तहव्वुर रानाको प्रत्यर्पण

ट्रम्पले अमेरिकाले सन् २००८ मा भएको मुम्बई आतंकवादी हमलासँग सम्बन्धित तहव्वुर हुसैन रानालाई भारत फर्काउन अनुमति दिएको घोषणा गरे ।

उनले भने, ‘विश्वका कुख्यात अपराधीमध्ये एकजनाको प्रत्यर्पण हामीले स्वीकृत गरेका छौं। उनी अब भारतमा कानुनी कारबाही सामना गर्न पठाइनेछन् ।’

रक्षा सहकार्य र आर्थिक सम्झौता

ट्रम्पले सन् २०२५ देखि भारतलाई रक्षा बिक्री बढाइने बताए । ‘हामी भारतलाई अर्बौं डलरको रक्षा सामग्री बेच्नेछौं । एफ-३५ स्टिल्थ लडाकु विमानहरू भारतलाई उपलब्ध गराउने तरिका खोजिरहेका छौं,’ उनले भने ।

प्रधानमन्त्री मोदीसँगको भेटअघि नै ट्रम्पले अन्य देशहरूलाई ‘पारस्परिक ट्यारिफ’ लगाउनेबारे बताएका थिए।

पत्रकारहरूले भारतमाथि पनि सोही ट्यारिफ लागू हुने हो भनेर सोध्दा उनले भने, ‘फरक पर्दैन कि त्यो भारत हो वा अन्य कुनै देश । हामी उनीहरूलाई त्यति नै ट्यारिफ लगाउनेछौं, जति उनीहरूले हामीलाई लगाउँछन् ।’

ट्रम्पले प्रधानमन्त्री मोदीले भारतको कठोर ट्यारिफ घटाउने घोषणा गरेको उल्लेख गर्दै यसले अमेरिकी सामानहरूको भारतीय बजारमा पहुँच घटाउने यो ठूलो समस्या भएको बताए ।

भारत, चीन, र विश्व राजनीति

भारत-चीन सीमा विवादबारे ट्रम्पले भने, ‘सीमामा भएको झडपहरू अत्यन्तै भयावह छन् । म यसमा के सहयोग गर्न सक्छु, हेर्न बाँकी छ ।’

उनले चीन, भारत, रुस, र अमेरिका मिलेर काम गर्न जरुरी रहेको बताए ।

भारत-मध्यपूर्व-युरोप इकोनोमिक कोरिडोरबारे ट्रम्पले यो ऐतिहासिक व्यापार मार्गहरूमा पर्ने उल्लेख गरे ।

भारत-अमेरिका मिलेर काम गर्ने सहमतिमा पुगेको र यसले अमेरिका भारतको प्रमुख तेल र ग्यास आपूर्तिकर्ता बन्न सक्ने बताए।

‘यो भारतसँगको ४५ अर्ब डलरको व्यापार घाटा घटाउने हाम्रो योजनाको एक हिस्सा हो,’ ट्रम्पले भने ।

अमेरिकाले भारतीय परमाणु ऊर्जा क्षेत्रमा गरेको सहयोगलाई ट्रम्पले महत्त्वपूर्ण प्रगति भएको बताए।

‘भारतले अमेरिकी परमाणु प्रविधिलाई बजारमा प्रवेश दिन नियम परिवर्तन गरिरहेको छ। यो अमेरिकी परमाणु उद्योगका लागि ठूलो सफलता हो’ उनले भने ।

बांग्लादेशको पछिल्लो राजनीतिक अवस्थाबारे ट्रम्पलाई सोध्दा उनले भने, ‘यसमा हाम्रो कुनै भूमिका छैन ।’

रूस-युक्रेन युद्धबारे मोदीले भारत तटस्थ रहेको कुरा सत्य नभएको बताए ।

‘भारत शान्तिको पक्षमा छ। हामी सधैं दुई पक्षलाई वार्तामा बस्नुपर्ने कुरा उठाउँछौं’ मोदीले भने। मोदीले ट्रम्पको युद्ध अन्त्य गर्ने प्रयासको प्रशंसा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम