Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४७ वर्षअघिको ‘विषयवस्तु’ लाई लिएर मह जोडीको आलोचना

२०८१, २ फाल्गुन शुक्रबार १६:२६

काठमाडौँ | अमेरिकी सांसदले नेपालमा नास्तिकता फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको दाबी गरेपछि यस विषयले नेपालमा तरंग उत्पन्न गरेको छ।

अमेरिकी संसद्को फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति ब्रायन मास्ट ले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (USAID) को गतिविधि रोक्ने विषयमा बोल्दै नेपालमा नास्तिकता फैलाउन रकम खर्च गरिएको खुलासा गरेका थिए।

यो समाचार बाहिर आएपछि नेपालमा सामाजिक सञ्जालमा विभिन्न संस्थाहरूले यूएसएआईडीबाट कति रकम लिएका थिए भनेर चर्चा हुन थालेको छ। यस सूचीमा हास्य कलाकार जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको संस्था मह सञ्चार पनि परेको छ।

मह सञ्चारले यूएसएआईडीबाट अनुदान लिएर टेलिश्रृंखला निर्माण गरेको विषयमा विवाद उत्पन्न भएको छ। विशेषगरी, टेलिश्रृंखला ‘मदनबहादुर हरिबहादुर’ मा मदिरा सेवन गरेर ब्राह्मणले श्राद्ध गर्ने दृश्य समेटिएको भन्दै यसलाई हिन्दू धर्मविरोधी सामग्रीको रूपमा चित्रण गरिएको छ।

तर, मह सञ्चारले यी आरोपहरू अस्वीकार गरेको छ। कलाकार हरिवंश आचार्यले आफूहरू कुनै पनि धर्मविरोधी नभएको प्रष्ट पारेका छन्। उनले भनेका छन्, “हाम्रो काम हास्यव्यंग्य हो। हामीले पञ्चायतकालमा पनि व्यंग्य गरेका थियौँ। अहिले केही व्यक्तिहरूले नियोजित रूपमा दुष्प्रचार गरिरहेका छन्। गणतन्त्र ल्याउने हाम्रो हैसियत थिएन। गणतन्त्र कसरी आयो भन्ने कुरा पूर्वराजालाई पनि थाहा छ।”

मह सञ्चारका अनुसार यूएसएआईडीले ‘टेन्डर’ आह्वान गरेको थियो र प्रतिस्पर्धाबाट आफूहरूले तीन करोड रुपैयाँ बराबरको बजेटमा ‘मदनबहादुर हरिबहादुर’ टेलिश्रृंखला निर्माण गरेको थियो। हरिवंश भन्छन्, “हामीले पोलियो थोपा, रुवेला खोपजस्ता जनचेतनामूलक सन्देशहरू दिने सामग्री बनाएका थियौँ। अहिले यसलाई नियोजित रूपमा धर्मसँग जोडेर प्रचार गरिँदैछ।”

धर्मको कुरा किन निस्कियो भन्ने नै आफूले बुझ्न नसकेको उनको भनाइ छ । ‘सराध्य’ भन्ने टेलिसिरयल आफूले २०३४ साल प्रज्ञा भवनमा भएको गाईजात्रा महोत्सवमा पहिलोपटक देखाएको प्रहसन भएको हरिवंश सुनाउँछन् ।

“यो प्रहसन हेर्न राजा वीरेन्द्रलगायत सबै हेर्न आउनु भएको थियो । यो प्रहसनबाट मैले गोल्डमेडल पनि पाएको थिएँ,” उनी स्मरण गर्छन्, “त्यसलाई परिमार्जन गरेर पछि हामीले पञ्चायतका सराध्य भनेर देखाएका थियौँ । यसकै केही क्लिप्स काटेर धर्मसँग जोडेर भ्रम फैलाउने काम अहिले भइरहेको छ । यो एक दिन आफैँ प्रष्ट हुनेछ ।”

उनले अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको क्लिप्स ०५४ सालमा बनाइएको बताए ।

उनका अनुसार यूएसएआईडीको अनुदान नेपाल सरकारले पनि पोलियो खोप, रुवेला खोप तथा अन्य सामाजिक कार्यका लागि प्रयोग गरिरहेको छ। हरिवंश भन्छन् “यूएसएआईडीको पैसामा पोलियो थोपा खुवाइएको छ। अहिले हामीलाई गाली गर्नेहरूकै परिवारले त्यो खोप पाएका छन्।”

उनले समयले नै सबै कुरा प्रष्ट पार्ने र जनता आफैँले सही-गलत छुट्याउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली